images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • रोयल टुलिप काठमाडौँलाई आईपीओमा लैजान नबिल...

रोयल टुलिप काठमाडौँलाई आईपीओमा लैजान नबिल इन्भेष्टमेन्टसँग सम्झौता

रोयल टुलिप काठमाडौँलाई आईपीओमा लैजान नबिल इन्भेष्टमेन्टसँग सम्झौता

images
images
सोमवार, बैशाख २८ २०८३
सोमवार, बैशाख २८ २०८३
  • काठमाडौँ । द म्यासिफ होटल प्राइभेट लिमिटेड (रोयल टुलिप काठमाडौँ) ले सर्वसाधारणमा सेयर निष्कासन (आईपीओ) गर्ने तयारी थालेको छ ।यसका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडसँग संस्थागत परामर्श सेवा सम्बन्धी सम्झौता गरेको छ ।सम्झौताअनुसार नबिल इन्भेष्टमेन्टले द म्यासिफ होटललाई प्राइभेट कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्न आवश्यक समन्वय तथा सहजीकरण गर्नेछ । साथै कम्पनीलाई सार्वजनिक निष्कासनका लागि आवश्यक पूर्वतयारीमा सहयोग गर्ने जनाएको छ ।

    images
    images

    सम्झौतापत्रमा द म्यासिफ होटल प्राइभेट लिमिटेडका अध्यक्ष राजेन्द्र शाक्य र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।ललितपुरको ग्वार्कोमा रहेको द म्यासिफ होटल ‘रोयल टुलिप काठमाडौँ’ नामबाट सञ्चालनमा छ । फ्रान्सेली अन्तर्राष्ट्रिय चेन ब्रान्डअन्तर्गत सञ्चालित यो होटल पाँचतारे स्तरको रहेको कम्पनीले जनाएको छ ।होटलमा ३०८ वटा कोठा तथा सुइट रुम रहेका छन् । साथै साना–ठूला गरी १० वटा बैठक हलसमेत रहेका छन् । कम्पनीका अनुसार यो नेपालकै धेरै कोठा भएको होटलमध्ये एक हो ।

    आधुनिक वास्तुकलामा निर्माण गरिएको होटलमा हेल्थ क्लब, स्पा, इन–हाउस रेष्टुरेन्ट तथा अत्याधुनिक सुविधा उपलब्ध छन् । होटलले ग्राहकलाई उच्चस्तरीय सेवा र सुविधामार्फत स्मरणीय अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।नबिल इन्भेष्टमेन्टले पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायसँग आईपीओ निष्कासनका लागि अनुमति मागिने जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend