images

२०८३ कार्तिक ४ गते

images
images
images

२ वाणिज्य बैंकका अध्यक्ष, संचालक र सीइओ राष्ट्र बैंकको कारवाहीमा

२ वाणिज्य बैंकका अध्यक्ष, संचालक र सीइओ राष्ट्र बैंकको कारवाहीमा

images
images
मंगलवार, कार्तिक ६ २०८१
मंगलवार, कार्तिक ६ २०८१
  • काठमाडौंः  नेपाल राष्ट्र बैंकको निर्देशन पालना नगरेकाले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र प्रभु बैंक लिमिटेड राष्ट्र बैंकको कारवाहीमा परेका छन् । नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागले यी २ बैंकका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृत (सीइओ) लाई कारवाही स्वरुप सचेत गराएको छ । 

    images
    images

    राष्ट्र बैंक बैंक सुपरिवेक्षण विभागका अनुसार नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले आर्थिक वर्ष २०८१।८२(प्रथम त्रैमास) मा कारवाही भोगेको हो । बैंक खाता खोल्दा–संचालन गर्दा बैंकबाट पर्याप्त सावधानी अपनाएको नदेखिएकोले बैंकका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको हो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) को (क) अनुसार गराइएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै प्रभु बैंकले आ.व.२०८०।८१ (चौथो त्रैमास) मा लकर रोक्का राख्न राष्ट्र बैंकबाट दिईएको निर्देशन पालना नगरेकाले बैंकका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाई कारवाही गरेको हो । प्रभु बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) (क) अनुसार सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend