images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • युनाइटेड मोदी हाइड्रोपावरको साधारणसभा आज, लाभांश...

युनाइटेड मोदी हाइड्रोपावरको साधारणसभा आज, लाभांश पारित गरिने

युनाइटेड मोदी हाइड्रोपावरको साधारणसभा आज, लाभांश पारित गरिने

images
images
आइतवार, बैशाख २७ २०८३
आइतवार, बैशाख २७ २०८३
  • युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको १२ औं वार्षिक साधारणसभा आज बस्दैछ । उक्त सभा काठमाडौंको कालीमाटीस्थित कालीमाटी ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि बस्दैछ ।उक्त साधारणसभाले कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँको ७ प्रतिशत बोनस सेयर र ०.३६८४२ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै कम्पनीको नाम परिवर्तन गर्ने, हकप्रद शेयर निष्काशनका लागि र आवश्यकता अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

    images
    images

    त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत वित्तीय अनुसूचीहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गर्नेछ । कम्पनीको सञ्चालक समितिमा २ जना सञ्चालकको निर्वाचन गर्ने र अन्य लगानी योग्य क्षेत्र पहिचान गरी लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख ४ गते बूक क्लोज गरिसकेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend