काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ले नेपाल दूरसञ्चार प्राधिकरण को अध्यक्षमा १ जना र सदस्यमा ४ जना तथा सुरक्षण मुद्रण केन्द्र को कार्यकारी निर्देशकमा १ जना नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।
मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै इच्छुक तथा योग्य उम्मेदवारलाई २०८३ जेठ ५ गते कार्यालय समयभित्र आवेदन दिन आग्रह गरेको हो।
मन्त्रालयका अनुसार आवश्यक योग्यता, आवेदन फाराम तथा संलग्न गर्नुपर्ने कागजात सम्बन्धी विस्तृत विवरण मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको छ।
आवेदन प्रक्रिया सम्बन्धी थप जानकारीका लागि मन्त्रालयले आफ्नो आधिकारिक वेबसाइट https://www.mocit.gov.np/ हेर्न अनुरोध गरेको छ।




.gif)





