images

२०८३ आश्विन १७ गते

images
images
images
  • अन्य
  • दमकमा ‘सेकेण्ड नेशनल कुलिनरी च्यालेन्ज कम्पिटिसन...

दमकमा ‘सेकेण्ड नेशनल कुलिनरी च्यालेन्ज कम्पिटिसन २०२६’ हुने

दमकमा ‘सेकेण्ड नेशनल कुलिनरी च्यालेन्ज कम्पिटिसन २०२६’ हुने

images
images
शुक्रवार, बैशाख २५ २०८३
शुक्रवार, बैशाख २५ २०८३
  • काठमाडौँ । नेपाली खानाको मौलिकता, विविधता तथा सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटी तथा नेपाली शेफ सोसाइटीको संयुक्त आयोजनामा ‘सेकेण्ड नेशनल कुलिनरी च्यालेन्ज कम्पिटिसन २०२६’ आयोजना हुने भएको छ।

    images
    images

    आगामी मे १५ र १६ (जेठ १ र २) गते झापाको दमक स्थित पाथीभरा कुलिनरी आर्ट कलेज मा सञ्चालन हुने उक्त कार्यक्रममार्फत नेपाली पाककलालाई व्यावसायिकता, नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमतातर्फ उन्मुख गराउने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

    केन्द्रीय अध्यक्ष अरुण अधिकारी का अनुसार, “नेपालको मौलिक तथा रैथाने खानालाई विश्वस्तरमा चिनाउँदै नेपाली पाककलाको पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।”

    images
    images

    महासचिव गिरिराज भट्ट ले “यो प्रतियोगिता केवल खाना बनाउने प्रतिस्पर्धा मात्र नभई नेपाली संस्कृति, पर्यटन र अर्गानिक खाद्य परिकारलाई विश्व बजारसम्म चिनाउने अभियान पनि हो” भन्ने विश्वास व्यक्त गरेका छन।

    कार्यक्रममा नेपालका सातै प्रदेशका मौलिक तथा रैथाने खानाको खोज, अनुसन्धान, संरक्षण तथा प्रवर्द्धनमा विशेष जोड दिइनेछ। विभिन्न भौगोलिक क्षेत्रका लोपोन्मुख तथा परम्परागत परिकारहरूलाई एकै थलोमा प्रस्तुत गरिने आयोजकले जनाएको छ। महासचिव भट्टका अनुसार कोदो, फापर, सिस्नुलगायतका नेपाली रैथाने परिकारलाई आधुनिक प्रस्तुतीकरणमार्फत अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य लिइएको छ।

    प्रतियोगिताअन्तर्गत खुला पाककला प्रतियोगिता, विभिन्न फुड कम्पिटिसन तथा आकर्षक फुड फेस्टिभल आयोजना गरिनेछ। ५० भन्दा बढी स्टलहरू रहने फेस्टिभलमा स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरका विभिन्न परिकारहरूको स्वाद लिन सकिनेछ।

    कार्यक्रममा १० भन्दा बढी देशका अनुभवी अन्तर्राष्ट्रिय शेफहरू निर्णायक (न्यायाधीश) का रूपमा सहभागी हुनेछन्। उनीहरूको सहभागिताले नेपाली शेफहरूलाई विश्वस्तरीय मूल्यांकन, मार्गदर्शन तथा अनुभव आदानप्रदानको अवसर प्राप्त हुने विश्वास आयोजकको छ।

    केन्द्रीय अध्यक्ष अधिकारीले यस कार्यक्रमले पाककला क्षेत्रसँगै पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना तथा सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन।

    प्रतियोगितामा सहभागिता जनाउन ३ जनाको टिम अनिवार्य गरिएको छ। सहभागी टिमहरूले सोसाइटीको आधिकारिक खातामा दर्ता शुल्क जम्मा गरी आफ्नो सहभागिता सुनिश्चित गर्नुपर्नेछ।

    पुरस्कार राशीः प्रथम पुरस्कारः रु.१,००,०००,द्वितीय पुरस्कारः रु. ७५,०००,तृतीय पुरस्कारः रु. ५०,०००

    यसका साथै प्रतियोगितामा सहभागी सम्पूर्ण प्रतियोगीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने प्रत्येक टिमलाई ‘रहस्य बक्स’ समेत उपलब्ध गराइनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend