images

२०८३ कार्तिक ४ गते

images
images
images

कर्जाको औसत ब्याजदर साढे ९ प्रतिशतमै झर्यो, अब बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्दा कति पाइन्छ ब्याज ?

कर्जाको औसत ब्याजदर साढे ९ प्रतिशतमै झर्यो, अब बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्दा कति पाइन्छ ब्याज ?

images
images
बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह बढ्न नसकेपछि बैंकहरुले निरन्तर रुपमा ब्याजदर घटाइरहेका छन् ।

    images
    images

    २०८१ भदौमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ९.५२ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । कर्जाको औसत ब्याजदर गत असारदेखि एकल अंकमा झरेको हो । 

    साउन मसान्तमा ९.६८ प्रतिशत रहेको यस्तो ब्याजदर निरन्तर घट्दो क्रममा छ । ०७९ फागुनमा सबैभन्दा धेरै १३.०३ प्रतिशत औसत ब्याजदर पुगेकोमा त्यसयता निरन्तर घट्दै आएको छ ।  त्यसयता निरन्तर घटेर २०८१ भदौमा आउँदा ९.५२ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंकले जनाएको हो । 

    images
    images

    चालु आर्थिक वर्षमा पनि कर्जाको माग देखिँदैन भने रेमिट्यान्स उच्च दरमा बढ्दा निक्षेप लगातार बढिरहेको छ । जसले गर्दा बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै लगेका छन् ।

    अहिले बैंकहरुको औसत आधार दर ८ प्रतिशतमा झरेको छ । बैंकहरुमा अधिक तरलता रहेको कारण बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा थप्ने प्रिमियम दर समेत घटाएका छन्। 

    तरलता कम हुँदा ५ प्रतिशतसम्म प्रिमियम थप गर्ने बैंकहरु अहिले एक डेढ प्रतिशत प्रिमियम थपेर कर्जा दिन थालेका छन्। यसले गर्दा बैंकहरुको कर्जाको ब्याजदर निकै सस्तिएको हो । यो कोभिड पछिको सबैभन्दा सस्तो ब्याजदर हो । आधार दर घट्दा आगामी दिनमा कर्जाको ब्याजदर थप सस्तो हुने देखिएको छ ।

    सेयर कर्जाको ब्याजदर पनि एकल अंकमै आयो

    सेयर धितो कर्जाको ब्याजदर पनि घट्दो क्रममा छ । असारमा १०.५० प्रतिशत रहेको सेयर कर्जाको ब्याजदर साउनमा घटेर १०.१८ प्रतिशत कायम भएको थियो । भदौमा एकल अंकमा नै झरेर ९.९० प्रतिशत कायम भएको छ । 

    भदौमा हायर पर्चेज कर्जाको ब्याजदर पनि १०.०९ प्रतिशतमा आएको छ । साउनमा १०.३२ प्रतिशत रहेको थियो । अन्य प्रोडक्टको ब्याजदर भदौमा १०.०५ प्रतिशत कायम भएको छ । भदौमा आवधिक कर्जाको ब्याजदर ९.९० प्रतिशत कायम भएको छ । साउनमा १०.१३ प्रतिशत थियो । 

    चालु पुँजी कर्जाको ब्याजदर पनि एकल अंकमा छ । साउनमा ९.८८ प्रतिशत रहेको चालु पुँजी कर्जाको ब्याजदर भदौमा घटेर ९.५५ प्रतिशत रहेको छ । ओभरड्राफ्ट शीर्षक अन्तर्गतको कर्जाको ब्याजदर हाल सबैभन्दा महंगो छ । ओभरड्राफ्ट कर्जाको ब्याजदर भदौमा १०.६६ प्रतिशत छ। साउनमा ११.०८ प्रतिशत थियो । 

    यस्तै, क्यास क्रेडिट कर्जाको ब्याजदर भदौमा ९.७७ प्रतिशत, बिल खरिदतर्फको ब्याजदर पनि घटेर ९.८४ प्रतिशतमा रहेको छ । यस्तै डेढ करोडसम्मको आवासीय कर्जाको ब्याजदर ९.९३ प्रतिशत कायम भएको छ ।

    कुन क्षेत्रको कति ? 

    राष्ट्र बैंकका अनुसार ओभरड्राफ्ट, रियल स्टेट, हायर पर्चेज र अन्य बाहेकका सबै कर्जाको ब्याजदर एकल अंकमा झरेको छ । विपन्न वर्गमा प्रवाह हुने कर्जाको ब्याजदर सबैभन्दा कम ८.६१ प्रतिशतमा झरेको छ । 

    साउनमा  १०.१८ प्रतिशत रहेको सेयर धितो कर्जाको ब्याजदर पनि भदौमा ९.९० प्रतिशत कायम भएको छ ।  भदौमा हायर पर्चेज कर्जाको ब्याजदर पनि १०.०९ प्रतिशतमा आएको छ । 

    अन्य प्रोडक्टको ब्याजदर भदौमा १०.०५ प्रतिशत कायम भएको छ । भदौमा आवधिक कर्जाको ब्याजदर ९.९० प्रतिशत कायम भएको छ । साउनमा ९.८८ प्रतिशत रहेको चालु पुँजी कर्जाको ब्याजदर भदौमा घटेर ९.५५ प्रतिशत रहेको छ । 

    बैंकहरुसँग छ ७ खर्ब बढी तरलता

    राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार अहिले बैंक तथा वित्तीय संस्थासँग ऋण दिन मिल्ने रकम नै ७ खर्ब बढी छ । असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ६६ खर्ब ६० अर्ब पुगेको छ । यसअवधिमा बैंकहरुले ५२ खर्ब ९३ अर्ब कर्जा लगानी गरेका छन् । 

    अहिले बैंक वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात ७८.१४ प्रतिशतमा झरेको छ । बैंक वित्तीय संस्थाहरुले कर्जा निक्षेप अनुपात  ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था छ । 

    बैंकहरुको कर्जा निक्षेप अनुपात निकै सहज अवस्थामा रहेकाले पनि कर्जा विस्तारका लागि प्रशस्त स्पेस देखिन्छ । सीडीका आधारमा बैंक वित्तीय संस्थाहरुले थप ७ खर्ब १ अर्बसम्म थप कर्जा विस्तार गर्न सक्ने देखिन्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend