काठमाडौँ, २४ वैशाख । दमकमा नेपाली सेफहरूको व्यक्तित्व विकास तथा नेपाली खानाको स्तर उन्नत गर्ने उद्देश्यसहित राष्ट्रिय पाककला प्रतियोगिता तथा फुड फेस्टिभल आयोजना हुने भएको छ।
नेपाली सेफ समाज र अन्तर्राष्ट्रिय नेपाली सेफ समाजको संयुक्त आयोजनामा “राष्ट्रिय पाककला चुनौती खाद्य प्रतियोगिता” तथा “फुड फेस्टिभल” आयोजना गरिने भएको हो। कार्यक्रम झापाको दमकस्थित युनिभर्सल कलेज अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्टमा सञ्चालन गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा विभिन्न परिकारहरूको प्रतिस्पर्धा, पाककला सम्बन्धी प्रदर्शन तथा सांस्कृतिक प्रस्तुति समेत समावेश गरिनेछ। आयोजकका अनुसार यो महोत्सवले नेपाली खानाको प्रवर्द्धन, सेफहरूको सीप विकास तथा पाककला क्षेत्रको व्यवसायिक उन्नयनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
नेपालको पहिलो फलाङ खाद्य शब्दकोशका लेखक शिव न्यौपानेले सेफ तथा पाककला कलाकारहरूलाई कार्यक्रममा सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्। उनले यस्ता महोत्सवहरूले विविध समुदायबीच पाककला परम्पराको संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्ने बताए।
कार्यक्रम नेपाली सेफ सोसाइटीका अध्यक्ष एल.बी. कोशल तथा कोशी प्रदेश अध्यक्ष रमेश थापाको नेतृत्वमा आयोजना हुन लागेको हो।
कार्यक्रम विवरणः
मितिः २०८३ जेठ २ र ३ गते (शुक्रबार र शनिबार)
समयः बिहान १० बजे
स्थानः युनिभर्सल कलेज अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट, दमक




.gif)





