images

२०८३ आश्विन १७ गते

images
images
images

पहिरोले कतै बाटो पूर्ण अवरुद्ध, कतै एकतर्फी सुचारु

पहिरोले कतै बाटो पूर्ण अवरुद्ध, कतै एकतर्फी सुचारु

images
images
बिहिवार, बैशाख २४ २०८३
बिहिवार, बैशाख २४ २०८३
  • काठमाडौँ । देशका विभिन्न भागमा परेको वर्षाका कारण आएको बाढी र पहिरोले गर्दा मुख्य राजमार्गहरूमा अवरोध सिर्जना भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार कोशी, बागमती र कर्णाली प्रदेशका केही खण्डहरूमा यातायात प्रभावित भएको छ ।कोशी प्रदेशमा भोजपुर, संखुवासभा र इलाममा सडक अवरुद्ध भएको छ । मध्य पहाडी लोकमार्ग अन्तर्गत भोजपुर नगरपालिका ५ बोखिममा वैशाख १२ गतेदेखि बाढीका कारण बाटो प्रभावित भएको छ । हाल त्यहाँ वैकल्पिक बाटो प्रयोग गरी यातायात एकतर्फी सञ्चालन गरिएको छ ।

    images
    images

    कोशी राजमार्ग अन्तर्गत मकालु गाउँपालिका–३ नयाँबस्तीमा वैशाख २३ गते राति गएको पहिरोका कारण बाटो अवरुद्ध भएको थियो । आज बिहान ५ बजेदेखि बाटो एकतर्फी सञ्चालनमा आएको छ । निरन्तर वर्षाका कारण इलामको सलकपुर खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । यद्यपि, त्यहाँ वैकल्पिक बाटो उपलब्ध रहेको जानकारी दिइएको छ ।काभ्रेपलाञ्चोक जिल्ला भएर जाने बीपी राजमार्गमा बाढीको जोखिम कायमै छ । यद्यपि यो सडक आजदेखि सञ्चालनमा आएको छ । कर्णाली प्रदेशमा सल्यान जिल्लाको सडक खण्डमा सुधार आएको छ । पहिरोका कारण अवरुद्ध भएको सल्ली–चौरजहारी सडक खण्ड (कुमाख–२, खारखोला) आज बिहान ७:४५ बजेदेखि पूर्ण रूपमा सुचारु भएको छ ।

    693295657_1498703101984707_4213406773452872343_n

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend