images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • माउण्ट एभरेष्ट डिष्टिलरीले २० प्रतिशत आईपीओ...

माउण्ट एभरेष्ट डिष्टिलरीले २० प्रतिशत आईपीओ निष्कासन गर्ने

माउण्ट एभरेष्ट डिष्टिलरीले २० प्रतिशत आईपीओ निष्कासन गर्ने

images
images
बुधवार, बैशाख २३ २०८३
बुधवार, बैशाख २३ २०८३
  • काठमाडौं । माउण्ट एभरेष्ट डिष्टिलरी लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।काठमाडौंमा आयोजित सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरू सर्वसम्मत रूपमा पारित गरेको छ ।सभाले कम्पनीको दीर्घकालीन विकास र वित्तीय सुदृढीकरणका लागि महत्वपूर्ण रणनीतिक निर्णयहरू गरेको छ । जसअन्तर्गत, कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्ने प्रक्रिया अघि बढाउने प्रस्ताव विशेष प्राथमिकताका साथ पारित गरेको छ ।

    images
    images

    यस निर्णयले कम्पनीको पुँजी संरचनालाई थप मजबुत बनाउनुका साथै आम सर्वसाधारणलाई समेत कम्पनीको स्वामित्वमा सहभागी हुने र पुँजी बजारमा पहुँच स्थापित गर्ने मार्ग प्रशस्त गर्ने विश्वास लिइएको छ ।यसैगरी, कम्पनीले बजारको बढ्दो मागलाई सम्बोधन गर्न उत्पादन क्षमता विस्तार गर्ने र उद्योगमा आधुनिक अटोमेसन प्रणाली लागू गर्ने योजनालाई अगाडि बढाएको छ ।उत्पादन प्रक्रियामा अत्याधुनिक प्रविधिको प्रयोग गर्दा उत्पादन दक्षता वृद्धि हुनुका साथै गुणस्तरमा समेत थप निखार आउने कम्पनीको ठहर छ ।सभाले आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्नुका साथै नयाँ उत्पादनहरूको प्रवर्द्धन र व्यवसाय विस्तारमा विशेष जोड दिने निर्णय समेत गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend