images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • सेयर बजारमा झिनो गिरावट, कारोबार ३...

सेयर बजारमा झिनो गिरावट, कारोबार ३ अर्बमा सिमित

सेयर बजारमा झिनो गिरावट, कारोबार ३ अर्बमा सिमित

images
images
बुधवार, बैशाख २३ २०८३
बुधवार, बैशाख २३ २०८३
  • काठमाडौँ ।बुधबार सेयर बजारमा फेरि गिरावट आएको छ । अघिल्लो दिन बढेको सेयर मूल्य आज फेरि घटेको हो । आज सेयर बजार परिसूचक १.६४ अंकले घटेर बन्द भएको हो । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २७११.२२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १४९ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १०४ कम्पनीको सेयर मूल्य बढेको छ । आज १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

    images
    images

     सेन्सेटिभ इन्डेक्स भने ०.८० अंकले बढेर ४६३.१२ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य बढेको छ भने ५ वटाको मूल्य घटेको छ । परिसूचक सामान्य घटेको दिन कारोबार रकम ३ अर्बमा सिमित भएको छ । आज सेयर बजारमा ३३६ कम्पनीका ७१ लाख ३१ हजार ५५७ कित्ता सेयर ४७ हजार ८४१ पटक खरिद बिक्री हुँदा ३ अर्ब १९ करोड ७७ लाख ६६ हजार ७७९ रुपैयाँको कारोबार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend