images

२०८३ आश्विन १७ गते

images
images
images
  • पूर्वाधार
  • घमाहा खोलाको पुल भासिँदा डाइभर्सनबाट यातायात...

घमाहा खोलाको पुल भासिँदा डाइभर्सनबाट यातायात सञ्चालन

घमाहा खोलाको पुल भासिँदा डाइभर्सनबाट यातायात सञ्चालन

images
images
मंगलवार, बैशाख २२ २०८३
मंगलवार, बैशाख २२ २०८३
  • बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको घमाहा खोलाको पुल भासिँदा डाइभर्सनबाट सवारीसाधन सञ्चालन गरिएको छ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका अनुसार लगातारको वर्षाले  बुटवल–गोरुसिङ्गे सडकखण्ड अन्तर्गत सैनामैना नगरपालिका–मुर्गिया नजिक रहेको उक्त पुल आज दिउँसो भासिएको हो।

    images
    images

    निर्माणाधीन सडकमा पुल भासिएपछि तत्काल वैकल्पिक मार्ग डाइभर्सन तयार गरी यातायात सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। सो क्षेत्रमा बुटवलदेखि गोरुसिङ्गेसम्म करिब ५० किलोमिटर सडकखण्ड हाल निर्माणाधीन अवस्थामा छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend