काठमाडौँ, २१ वैशाख । सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य भने उल्लेखनीय रूपमा बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ। आज सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस्तै, चाँदीको मूल्यमा भने वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर ५ हजार ३० रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभाव तथा स्थानीय माग–आपूर्तिको अवस्थाका कारण सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव देखिने गरेको व्यवसायीहरू बताउँछन्।




.gif)





