images

२०८३ आश्विन १७ गते

images
images
images
  • पूर्वाधार
  • महानिरीक्षक कार्कीद्वारा नवलपरासीमा ट्राफिक कार्यालय भवन...

महानिरीक्षक कार्कीद्वारा नवलपरासीमा ट्राफिक कार्यालय भवन उद्घाटन

महानिरीक्षक कार्कीद्वारा नवलपरासीमा ट्राफिक कार्यालय भवन उद्घाटन

images
images
आइतवार, बैशाख २० २०८३
आइतवार, बैशाख २० २०८३
  • नवलपरासी २० वैशाख । नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्की ले जिल्ला ट्राफिक कार्यालय नवलपरासी (पूर्व) को नवनिर्मित भवनको शनिबार उद्घाटन गरेका छन्।

    images
    images

    जिल्ला सदरमुकाम कावासोतीमा निर्माण गरिएको उक्त भवन उद्घाटन गर्दै महानिरीक्षक कार्कीले जनताको सुरक्षामा खटिने प्रहरीलाई आवश्यक साधन–स्रोतले सम्पन्न बनाउनुपर्नेमा जोड दिए। उनले अझै पनि देशभर करिब १ हजार ३ सय ४३ प्रहरी युनिटहरू आफ्नै भवन र जग्गा अभावमा सञ्चालन भइरहेका उल्लेख गरे।

    राज्य पुनर्संरचनापछि जिल्ला विभाजन हुँदा नवलपरासी (पूर्व) को ट्राफिक कार्यालय हालसम्म भाडाको घरबाट सञ्चालन हुँदै आएको थियो। अब नयाँ भवन निर्माण भएसँगै कार्यालयले आफ्नै संरचनाबाट सेवा प्रवाह गर्ने भएको छ।

    images
    images

    गण्डकी प्रदेश सरकारको बजेटबाट ३ करोड २ लाख १२ हजार ६ सय ७६ रुपैयाँ लागतमा निर्माण गरिएको चार तले भवनले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

    उद्घाटन कार्यक्रममा गण्डकी, लुम्बिनी तथा बाग्मती प्रदेशका प्रहरी प्रमुखहरू, स्थानीय तहका जनप्रतिनिधि, अमर प्रहरी परिवार, उद्योगी, यातायात व्यवसायी, सञ्चारकर्मी तथा स्थानीय सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend