images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • सुनचाँदी बजारः सुनको मूल्य घट्यो, चाँदीको...

सुनचाँदी बजारः सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनचाँदी बजारः सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

images
images
आइतवार, बैशाख २० २०८३
आइतवार, बैशाख २० २०८३
  • काठमाडौँ,२० वैशाख । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको भाउ घटेको छ भने चाँदीकोे मूल्य बढेको छ । सुन तोलामा रु एक हजारले घटेको छ भने  चाँदी रु ६५ ले बढेको छ । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९५ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १० कायम भएको छ । गत शुक्रबार एक तोला छापावाल सुन रु दुई लाख ९६ हजार १०० र त्यति नै परिमाणको सेतो धातु रु चार हजार ९४५ मा किनबेच भएको थियो । 

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७५० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend