images

२०८३ आश्विन १७ गते

images
images
images

सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता

सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता

images
images
शनिवार, बैशाख १९ २०८३
शनिवार, बैशाख १९ २०८३
  • काठमाडौँ । सरकारले देशभरका सडक सुरक्षा प्रणालीमा नीतिगत तथा संरचनागत सुधार गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

    images
    images

    गत बिहीबार थवाङ गाउँपालिका–१ सल्याप मा भएको जिप दुर्घटनामा २० जनाको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सरकारले उक्त घटनाको छानबिन प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने जनाएको हो।

    प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गृह मन्त्रालय ले गठन गरेको छानबिन समितिले दुर्घटनाको सूक्ष्म अध्ययन गरी सत्यतथ्य सार्वजनिक गर्नेछ। समितिको प्रतिवेदनमा समेटिएका निष्कर्ष र सुझावलाई शीघ्र कार्यान्वयन गरिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले विज्ञप्तिमार्फत जनाएको छ।

    images
    images

    लुम्बिनी प्रदेश प्रहरी कार्यालय का प्रहरी उपरीक्षकको संयोजकत्वमा गठित उक्त समितिको समयावधि आज समाप्त हुँदैछ।

    सरकारले सडक दुर्घटनालाई नागरिकको जीवन र परिवारको भविष्यसँग जोडिएको संवेदनशील विषयका रूपमा लिँदै प्राविधिक तथा मानवीय कमजोरी सुधार गर्न दृढताका साथ अघि बढ्ने उल्लेख गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend