images

२०८३ आश्विन १७ गते

images
images
images

काठमाडौं मेरियट होटलको सातौं वार्षिकोत्सव सम्पन्न

काठमाडौं मेरियट होटलको सातौं वार्षिकोत्सव सम्पन्न

images
images
शुक्रवार, बैशाख १८ २०८३
शुक्रवार, बैशाख १८ २०८३
  • काठमाडौं । काठमाडौंस्थित काठमाडौं मेरियट होटलले आफ्नो सातौं वार्षिकोत्सव विविध कार्यक्रम सहित मनाएको छ। नेपाललाई विश्वस्तरीय हस्पिटालिटी गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित सुरु गरिएको यो होटलले सात वर्षको यात्रामा व्यवसायिक सफलतासँगै सामाजिक र सांस्कृतिक योगदानमा पनि जोड दिएको जनाएको छ।

    images
    images

    स्थापनाकालदेखि नै होटलले केवल सेवा सञ्चालनमा सीमित नभई काठमाडौंको स्थानीय संस्कृति, आत्मीयता र प्राकृतिक सौन्दर्यलाई आफ्नो सेवा अनुभवमा समेट्दै आएको छ। होटल व्यवस्थापनका अनुसार यसले नेपालमा दिगो रूपमा जरा गाड्दै अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सेवा विस्तार गर्दै आएको छ।

    सञ्चालक गौरव अग्रवालले सात वर्षअघि सुरु भएको यात्रा स्मरण गर्दै यो केवल व्यवसायिक निर्णय नभई नेपालप्रतिको विश्वास र सम्भावनामा आधारित पहल भएको उल्लेख गरे। उनका अनुसार होटल स्थापना गर्दा नै नेपाललाई उच्चस्तरीय हस्पिटालिटीको केन्द्र बनाउन सकिने विश्वास लिइएको थियो।

    images
    images

    त्यसैगरी, महाप्रबन्धक शंकुष महाजनले अब लक्जरी सेवा केवल सुविधामा सीमित नभई जिम्मेवारीसँग पनि जोडिएको बताएका छन । उनले वातावरणमैत्री अभ्यास, ऊर्जा दक्षता र दिगो सञ्चालनका कारण होटल एलईईडी गोल्ड सर्टिफाइड बन्न सफल भएको जानकारी दिएका छन ।

    वार्षिकोत्सव कार्यक्रममा विश्वप्रसिद्ध पर्वतारोही तथा गिनिज वर्ल्ड रेकर्डधारी मिंग्मा डेभिड शेर्पा प्रमुख अतिथिका रूपमा सहभागी भए। साथै, कलाकार कृष्ण लामाका कलाकृतिहरू पनि प्रदर्शनीमा राखिएको थियो, जसमा हालै बेइजिङ इन्टरनेसनल आर्ट बिएन्नेलबाट ल्याइएको चित्रसमेत समावेश थियो।

    कार्यक्रममा प्रदर्शित कलाकृतिको बिक्रीबाट प्राप्त रकमको एक हिस्सा प्रिजनर्स असिस्टेन्स नेपाललाई प्रदान गरिने आयोजकले जनाएको छ। संस्थाकी अध्यक्ष सुवानी आले मगरको उपस्थितिले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको होटलले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend