images

२०८३ आश्विन १८ गते

images
images
images
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

images
images
शुक्रवार, बैशाख १८ २०८३
शुक्रवार, बैशाख १८ २०८३
  • काठमाडौँ, १८ वैशाख । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ३ हजार ४०० ले बढेर रु २ लाख ९६ हजार १०० पुगेको छ। त्यसैगरी चाँदीको मूल्य पनि प्रतितोला रु १३५ ले वृद्धि भई रु ४ हजार ९४५ कायम भएको छ।

    यसअघि बिहीबार छापावाल सुन प्रतितोला रु २ लाख ९२ हजार ७०० र चाँदी रु ४ हजार ८१० मा कारोबार भएको थियो। त्यस्तै बुधबार सुन प्रतितोला रु २ लाख ९४ हजार ५०० र चाँदी रु ४ हजार ९१५ मा किनबेच भएको थियो।

    images
    images

    अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य उच्च रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज सुन प्रतिऔँस ४ हजार ६५० अमेरिकी डलर र चाँदी प्रतिऔँस ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend