images

२०८३ आश्विन १८ गते

images
images
images

सुनचाँदीको मूल्यमा लगातार गिरावट

सुनचाँदीको मूल्यमा लगातार गिरावट

images
images
बुधवार, बैशाख १६ २०८३
बुधवार, बैशाख १६ २०८३
  • काठमाडौँ, १६ वैशाख । नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्ने क्रम जारी रहेको छ। बैशाख १६ गते बुधबार सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन मंगलबार भने सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ५०० रुपैयाँ रहेको थियो। पछिल्ला केही दिनयता सुनको मूल्य निरन्तर ओरालो लागेको देखिन्छ।

    यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ९१५ रुपैयाँमा किनबेच भइरहेको छ, जबकि मंगलबार यसको मूल्य ४ हजार ९४५ रुपैयाँ थियो।

    images
    images

    बजारमा सुनचाँदीको मूल्य घट्दै जानुका कारण अन्तर्राष्ट्रिय बजारको प्रभाव, विनिमय दर तथा माग–आपूर्तिको अवस्था मुख्य कारकका रूपमा हेरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend