काठमाडौँ, १४ वैशाख । प्रधानमन्त्री वालेन्द्र शाह ले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक आज दिउँसो २ बजे बस्ने तय भएको हो।
सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल ले बैठकको समय र स्थानबारे जानकारी दिएका हुन्। उनका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास सम्बन्धी विषयमा छलफल हुने अपेक्षा गरिएको छ।




.gif)





