काठमाडौं, वैशाख । सशस्त्र प्रहरी बलका ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले डीआईजी बढुवाका लागि सिफारिस सूची सार्वजनिक गरेको हो।
सिफारिस सूचीअनुसार दिगविजय सुवेदी पहिलो नम्बरमा रहेका छन्। त्यस्तै, किरण बस्नेत, माधवप्रसाद पौडेल, प्रवीण कँडेल, राजेश उप्रेती र नेत्रबहादुर कार्कीलाई पनि डीआईजी पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
गृह मन्त्रालयका सचिवको नेतृत्वमा बसेको बढुवा समितिले कार्यसम्पादन, वरिष्ठता र योग्यताका आधारमा बढुवाको सिफारिस गरेको जनाएको छ।




.gif)





