images

२०८३ आश्विन १६ गते

images
images
images
  • अटो
  • विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट कार्यान्वयन...

विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट कार्यान्वयन गर्न नसकिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ

विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट कार्यान्वयन गर्न नसकिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ

images
images
बिहिवार, बैशाख १० २०८३
बिहिवार, बैशाख १० २०८३
  • काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले व्यवसायीलाई दिने भनिएको कर छुट कार्यान्वयन नभएसम्म विद्यार्थीलाई दिइँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधा निरन्तरता दिन नसकिने चेतावनी दिएको छ।

    images
    images

    यातायात व्यवस्था विभागले पुरानो निर्णय अनुसार विद्यार्थी भाडा छुट कार्यान्वयन गर्न निर्देशन दिएपछि महासंघले त्यसको जवाफस्वरूप यस्तो अडान सार्वजनिक गरेको हो।

    महासंघका अनुसार २०६५ फागुन २० गते सरकार र व्यवसायीबीच भएको सहमति अनुसार विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट दिने र त्यसको सट्टामा व्यवसायीलाई वार्षिक कर, रुट परमिट तथा जाँचपासमा ६० प्रतिशत छुट दिने व्यवस्था गरिएको थियो। सो व्यवस्था २०७२ सालसम्म लागू भए पनि संघीयता कार्यान्वयन पछि प्रदेश सरकारहरूले कर छुट हटाउँदै कर दर वृद्धि गरेपछि सहमति व्यवहारमा लागू हुन नसकेको महासंघको दाबी छ।

    images
    images

    महासचिव डेकनाथ गौतमद्वारा हस्ताक्षरित पत्रमा संघीय तथा प्रदेश सरकार र अर्थ मन्त्रालय सँग पटक–पटक कर समायोजनको माग गरिए पनि सुनुवाइ नभएको उल्लेख गरिएको छ।

    महासंघले समस्या समाधानका लागि सरकारसँग छलफल गर्न तयार रहेको स्पष्ट पारेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend