images

२०८३ आश्विन १८ गते

images
images
images

महिला सामूहिक बेमौसमी तरकारीखेतीमा आकर्षित

महिला सामूहिक बेमौसमी तरकारीखेतीमा आकर्षित

images
images
मंगलवार, बैशाख ८ २०८३
मंगलवार, बैशाख ८ २०८३
  •  कैलालीको टीकापुरका महिला बढी आम्दानी लिनका लागि बेमौसमी तरकारीखेतीमा सम्लग्न भएका छन् ।  टीकापुर–१ सत्घरुवामा महिलाहरुले जीविकोपार्जनका लागि सामूहिक रुपमा बेमौसमी तरकारीखेती गरेका छन् । सत्घरुवामा रहेको मिलिजुली कृषक समूहमा विपन्न वर्गका २३ महिलालाई छनोट गरी समूह बनाएर तरकारीखेतीमा लगाइएको छ । विगतमा ज्याला मजदुरी गर्ने महिलाहरु समूहमा आबद्ध भएपछि १२ कट्ठा जमिन भाडामा लिएर खेती गरिरहेका छन् । महिलालाई स्थानीय पालिकाको कृषि विकास शाखाको समन्वयमा दिगो विकास समाज भजनीले समुदाय सशक्तीकरण तथा विकासका लागि स्थानीय पहल परियोजनाले कृषक अगुवा तालिम, प्राविधिक ज्ञान को छ । जसले महिलाहरुलाई बेमौसमी तरकारीखेतीसम्बन्धी ज्ञान भएको छ ।

    images
    images

     उनीहरुको बारीमा काउली, टमाटर, खुर्सानी, भिन्डी, आलुलगायतका तरकारी लगाइएको छ । मङ्सिरमा रोपेको आलु बिक्रीका लागि तयार भएको छ ।  यसरी बेमोसमी तरकारीखेती गरिरहेका महिला किसानलाई सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका विद्यार्थीले प्राविधिक सहयोग गरिरहेका छन् । प्राविधिकले फरक फरक तरिका र प्रविधिले खेती गर्दा कस्तो उत्पादन हुन्छ भनी अध्ययन भइरहेको र किसानलाई सिकाउने गरिएको प्राविधिक विद्यार्थी लक्ष्मी थारुले बताउनुभयो । “हामीले एउटै खेतीलाई पनि फरकफरक तरिकाले गरेर उनीहरुलाई सिकाइरहेका छौँ”, उहाँ भन्नुहुन्छ, “बाली संरक्षण, वातावरण संरक्षणसँगै बढी उत्पादन कसरी लिन सकिन्छ भनेर पनि सिकाइरहेका छौँ ।”

    महिलाहरु जीविकोपार्जनसँगै खेती गर्दा आइपर्ने विपद्बारे समेत सचेत भएका आशा चौधरीले बताउनुभयो । “मजदुरी गर्ने महिला आयआर्जनमा लागेपछि उनीहरु जीवन सहज भएको छ”, उहाँले भन्नुभयो, “अब ज्यालादारी गर्न जाँदैनन्, बारीमै काम गर्छन्, घरमै तरकारी बिक्री हुन्छ । खेतबारीमै आम्दानी लिन पाउँदा खुसी भएका छन् ।”किसान कृष्णी चौधरीलगायत उहाँका २३ जना छिमेकी साथीहरु ज्यालादारी काम गर्थे । परियोजनाले जग्गा भाडामा लगेर तरकारीखेतीमा लगाएपछि अहिले तरकारीखेतीको आम्दानीले घर चलाउन, समस्या टार्न सहयोग भएको बताउनुभयो । “दुई वर्षका लागि जग्गा लिजमा लगिदिएको छ, हामीले खेती गरेर आम्दानी लिने हो”, उहाँले भन्नुभयो, “हामीले धेरै कुरा सिक्यौँ, धेरै वर्ष कठिन श्रम ज्यालादारीमा समय बितायौँ, अब आम्दानी गर्ने बाटो सिकेका छौँ, यही तरकारीखेतीमै भविष्य देखेका छौँ ।”त्यसैगरी दशघरुवामा महिलाहरुले प्याजखेतीसमेत गरेका छन् । उनीहरुले गरेको प्याज अहिले बिक्रीका लागि तयार भएको छ । किसान महिलाले अर्गानिक तरकारी उत्पादन गर्ने भएकाले बजारको समेत समस्या छैन । उनीहरुले यहाँ उत्पादन भएको तरकारी केही घरमै र बचेको कृषि हाट बजारमा बिक्री गर्ने गरेका छन् । यसरी खेती गरिरहेका आफूलाई स्थानीय पालिकाले अनुदान दिने, आवश्यक कृषि औजार, पोली हाउसलगायतका सामग्री दिए सहज हुने उनीहरुको भनाइ छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend