images

२०८३ आश्विन १८ गते

images
images
images

हेटौंडा सिमेन्ट उद्योगबाट उत्पादन बन्द

हेटौंडा सिमेन्ट उद्योगबाट उत्पादन बन्द

images
images
शनिवार, कार्तिक ३ २०८१
शनिवार, कार्तिक ३ २०८१
  • मकवानपुर (हेटौंडा) हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण मर्मत सम्भार गर्नुपर्ने जनाउँदै ३ हप्ताका लागि उत्पादन बन्द गरेको छ । बडादसैंको बिदालगत्तै उद्योग सञ्चालन गरिए पनि क्लिनिकलर मेसिन लगायत विभिन्न उपकरणको तत्काल मर्मत सम्भार गर्नुपर्ने अवस्था आएकाले शुक्रबार देखि  उत्पादन बन्द गर्नु परेको उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले जानकारी दिए । 

    images
    images

    उपकरण मर्मत सकिए लगत्तै उत्पादन सुरु गरिने उनले बताए । “उद्योगलाई आवश्यक पर्ने करिब ४ सय मेट्रिक टन कच्चा पदार्थ कोइला जगेडा राखिएको र बाँकी थप कोइला खरिद गर्न बोलपत्र आह्वान गरी सम्बन्धित पक्षलाई स्वीकृति प्रदान गरिसकेका छौं, त्यसैले मर्मत सकिए लगत्तै काम सुरु गर्छौं”, महाप्रबन्धक पाण्डेले बताए ।

    उक्त उद्योग करिब साढे २ महिनाअघि आर्थिक अभावले बन्द भएकोमा भदौ तेस्रो सातादेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेर भण्डार गरिएको, अहिले उत्पादित सिमेन्टको बोरामा प्याकिङ गरी काठमाडौं लगायत विभिन्न सहरमा पठाउने काम भइरहेको नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए ।

    images
    images

    विसं २०३३ मा हेटौंडाको लामसुरेमा तत्कालीन श्री ५ सरकारले १ अर्ब ५० करोडको लगानीमा उद्योग स्थापना गरी विसं २०४३ मंसीर २६ गतेदेखि व्यावसायिक उत्पादन सुरु भएको थियो । हाल यस उद्योगमा प्रशासन, भण्डारण, बजार व्यवस्थापन, चुनढुंगा खानी र मजदुर कर्मचारी लगायत १८० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरिरहेका छन् । उद्योगसँग दैनिक १८ हजार बोरा उत्पादन गर्ने क्षमता भए पनि पछिल्लो समय १० हजार बोरामात्र उत्पादन हुने गरेको जनाइएको छ । रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend