images

२०८३ आश्विन १८ गते

images
images
images

इरानले भन्यो– हामी स्ट्रेटमा नियन्त्रण राख्छौँ

इरानले भन्यो– हामी स्ट्रेटमा नियन्त्रण राख्छौँ

images
images
आइतवार, बैशाख ६ २०८३
आइतवार, बैशाख ६ २०८३
  • तेहरान । अमेरिकासँग जारी वार्तामा केही प्रगति भएको भए पनि अन्तिम सहमति अझै टाढा रहेको इरानका वरिष्ठ वार्ताकार तथा संसद् सभामुख मोहम्मद बाघेर गालिबाफले बताएका छन् ।उनले भने, 'वार्तामा प्रगति भएको छ, तर हामी अन्तिम निष्कर्षमा पुग्न अझै धेरै टाढा छौँ ।' उनले अमेरिकामाथि सूचना युद्ध चलाएको आरोप लगाउँदै भनेका छन्, 'मिडिया युद्ध र जनमत निर्माण युद्धको महत्त्वपूर्ण हिस्सा हो र इरानी जनता यस्ता चालबाजीबाट प्रभावित हुँदैनन् ।' 

    images
    images

    यसअघि इरानले आफ्नो बन्दरगाहलाई लक्षित गर्दै अमेरिकाले जारी राखेको समुद्री नाकाबन्दी रोकिएन भने प्रतिकारात्मक कदम चाल्ने चेतावनी दिएको थियो । साथै स्ट्रेट अफ हर्मुज हुँदै जाने जहाज आवागमनका सर्तहरू पनि सार्वजनिक गरेको अल जजिराले लेखेको छ । इरानका विदेश मन्त्रालयका प्रवक्ता इसमाइली बाघेईले यसअघि विदेशमन्त्री अब्बास अर्घाचीले दिएको अभिव्यक्तिबारे स्पष्टीकरण दिएका थिए । अर्ध–सरकारी तास्निम न्युज एजेन्सीलाई उद्धृत गर्दै अल जजिराले जनाएअनुसार बघाइले भनेका छन्, 'स्ट्रेट अफ होर्मुज हुँदै जहाज आवागमन इरानले पूर्वनिर्धारित गरेको मार्गअनुसार मात्र अनुमति दिनेछ ।' 

    साथै सभामुख गालिबाफले रणनीतिक रूपमा महत्त्वपूर्ण स्ट्रेटमा इरानको नियन्त्रण रहेको संकेत दिएका छन्, जुन क्षेत्रीय तनावसँग जोडिएको संवेदनशील विषय मानिन्छ ।गत हप्ता गालिबाफ अमेरिकासँग शान्ति वार्ताका लागि पाकिस्तान पुगेका थिए, जहाँ उनले अमेरिकी प्रतिनिधिमण्डलसँग भेट गरेका थिए । उक्त टोलीमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि सहभागी थिए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend