images

२०८३ कार्तिक ४ गते

images
images
images
  • बैंक वित्त
  • एकैपटक आफ्नो स्वामित्वको शेयर बिक्रीमा राखेर...

एकैपटक आफ्नो स्वामित्वको शेयर बिक्रीमा राखेर प्रभु बैंकका ८ जना संस्थापक बाहिरिदै

एकैपटक आफ्नो स्वामित्वको शेयर बिक्रीमा राखेर प्रभु बैंकका ८ जना संस्थापक बाहिरिदै

images
images
शुक्रवार, कार्तिक २ २०८१
शुक्रवार, कार्तिक २ २०८१
  • काठमाडौँ, २ कात्तिकः प्रभु बैंकका ८ जना संस्थापक शेयरधनीले एकैपटक आफ्नो स्वामित्वको शेयर बिक्रीमा राखेर बाहिरिने भएका छन्।

    images
    images

    उनीहरूको स्वामित्वमा रहेको २ लाख ८२ हजार ६१९ कित्ता शेयर बैंकले दोस्रो पटक बिक्रीमा राखेको हो। 

    बिक्री गर्नेहरूमा संस्थापक शेयरधनी प्रवीन अग्रवालको १ लाख ७ हजार कित्ता, सन्ध्या थापा क्षेत्रीको ४८ हजार ६४२ कित्ता, दिनेश अर्यालको ३५ हजार ७२१ कित्ता, कुमार पौडेलको ३२ हजार ३ सय कित्ता, गंगाराम महर्जनको २४ हजार ७ सय ३ कित्ता, अन्जन श्रेष्ठको १६ हजार ५१९ कित्ता, तान्या अधिकारीको १५ हजार ९६२ कित्ता र वीरेन्द्र रावलको १ हजार ५ सय ५२ कित्ता शेयर देस्रो पटक बिक्रीमा राखिएको हो। 

    images
    images

    यसअघि छुट्टाछुट्टै गरेर बैंकले गत वर्षको फागुन, चैत, चालू आवको असार र भदौमा शेयर बिक्रीमा राखेको थियो। बिक्रीमा राखेपछि संस्थापक शेयरधनीहरूबाट शेयर खरिद नभएपछि बैंकले ८ वटै लगानीकर्ताको शेयरलाई सर्वसाधारणले किन्न मिल्ने गरेर पुनः बिक्रीमा राखेको हो। बैंकले १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिद आवेदन दिन भनेको छ। उक्त शेयरको मूल्य भने बैंकले खुलाएक छैन ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend