images

२०८३ कार्तिक ४ गते

images
images
images

आरएसडिसी लघुवित्तले १० प्रतिशत बोनस दिने

आरएसडिसी लघुवित्तले १० प्रतिशत बोनस दिने

images
images
शुक्रवार, कार्तिक २ २०८१
शुक्रवार, कार्तिक २ २०८१
  • काठमाडौं– आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०।०८१ को वितरणयोग्य मुनाफाबाट शेयर धनीलाई १० प्रतिशत बोनस दिने भएको छ ।

    images
    images

    कम्पनीको कार्तिक १ गते बसेको सञ्चालन समितिको बैठकले ९ करोड ४४ लाख ३५ हजार रुपैयाँ बराबरको बोनस दिने प्रस्ताव गरेको कम्पनी सचिव ध्रुव कुमार पौडेलले जानकारी दिएका छन् । 

    पौडेलका अनुसार लघुवित्तले चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरेर ०.५० प्रतिशत नगद लाभांश दिने भएको छ । 

    images
    images

    लघुवित्तले घोषणा गरेको उक्त बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि आगामी साधारणसभाले पास गरेपछि शेयर धनीलाई वितरण गरिने कम्पनीले जनाएको छ । 

    हाल कम्पनीको चुक्ता पुँजी ९४ करोड ४३ लाख ५१ हजार रुपैयाँ बराबरको रहेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend