images

२०८३ आश्विन १७ गते

images
images
images

राजस्व चुहावट रोक्न भन्सार नाकामा कडाई

राजस्व चुहावट रोक्न भन्सार नाकामा कडाई

images
images
बुधवार, बैशाख २ २०८३
बुधवार, बैशाख २ २०८३
  • काठमाडौँ । राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले पूर्वी नाका काँकडभिट्टा लगायत प्रमुख भन्सार नाकामा कडाई गर्न थालेको छ ।

    images
    images

    सीमावर्ती क्षेत्रका बासिन्दा खाद्यवस्तु, लत्ताकपडा तथा अन्य घरायसी सामान खरिद गर्न भारतीय बजार धाउने प्रवृत्ति बढ्दै जाँदा स्थानीय बजार प्रभावित हुनुका साथै मुलुकले राजस्व गुमाइरहेको गुनासोपछि यस्तो कदम चालिएको हो ।

    यसै क्रममा सशस्त्र प्रहरीले मेचीनगर, भद्रपुर, गौरीगञ्ज र कचनकवल लगायत सीमा क्षेत्रका नाकामा निगरानी बढाएको छ । रु एक सयभन्दा बढी मूल्यका सामान भारतबाट ल्याउँदा अनिवार्य रूपमा भन्सार महसुल तिर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ ।

    images
    images

    भन्सार महसुल नबुझाएमा कानुन बमोजिम कारबाही गरिने भन्दै सर्वसाधारणलाई सूचित गर्ने कार्यसमेत भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं। २ गण हेडक्वार्टर झापाका सूचना अधिकारी मदन रसाइलीले जानकारी दिनुभयो ।

    गृह मन्त्रालयको निर्देशन अनुसार राजस्व चुहावट नियन्त्रण गर्न सीमा क्षेत्रमा सचेतनामूलक कार्यक्रम समेत सञ्चालन भइरहेको जनाइएको छ ।

    सीमानाकाबाट हुने अवैध आयात तथा राजस्व चुहावट रोक्न सशस्त्र प्रहरीले झापा सहित देशभरका अन्य नाकामा पनि निगरानी कडा बनाएको जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend