काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले आफ्नो ३०औँ वार्षिकोत्सव मनाएको छ । उक्त अवसरमा बैंकको प्रधान कार्यालय, लाजिम्पाटमा रक्तदान तथा बैंकमा लामो समय सम्म सेवा गर्ने कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा कदरपत्र वितरण गरिएको छ ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमसमेत घोषणा गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, वातावरण संरक्षण, संस्कृति प्रवर्धन लगायतका क्षेत्रहरुमा सहयोग तथा परोपकारी कार्य गर्दै आइरहेको छ ।
३०औँ वार्षिकोत्सवको अवसरमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताललाई भवन निर्माण कार्यका लागि बैंकको तर्फबाट एक करोड रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । उक्त कार्यक्रममा एभरेष्ट बैंकका सञ्चालक समितिका अध्यक्ष बाल गोपाल वैद्य तथा प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा अस्पतालका अध्यक्ष प्रा.डा.भगवान कोइरालाूलाई उक्त चेक हस्तान्तरण गरे । यसबाट अस्पताल निर्माणमा थप टेवा पुग्ने र बालबालिकाहरुले सुलभ तथा गुणस्तरीय स्वास्थ सेवा प्राप्त गर्ने बैंकले विश्वास लिएकाृे छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत नै बैंकले नेपाल रेडक्रस सोसाइटी, बागबजार काठमाडौंकोे सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा बैंकका कुल ४८ जना कर्मचारीले रक्तदान गरेका छन् ।
पञ्जाब नेशनल बैंक, भारत संगको संयुक्त लगानीमा स्थापित यो बैंक स्थापना काल देखि नै ग्राहकको पहिलो रोजाइमा रहेको छ । करिव १४ लाख ग्राहक संख्या रहेको यस बैंकका देशभर १२९ शाखा कार्यालय, तीन एक्सटेन्सन काउण्टर, सात प्रादेशिक कार्यालयहरु तथा १६७ एटिएम मेशीन सहित विश्वब्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले बिभिन्न ३२ स्थानबाट नेपाल सरकारको राजस्व संकलन कार्य समेत गर्दै आइरहेको छ ।




.gif)





