काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आर्थिक वर्ष २०८३–८४ का लागि सुझाव संकलन गर्ने उद्देश्यले देशव्यापी पूर्व–बजेट अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ।
विराटनगर, वीरगञ्ज, चितवन, धनगढी, बुटवल, पोखरा र नेपालगञ्ज लगायतका प्रमुख आर्थिक केन्द्रहरूमा सञ्चालन भइरहेको यस कार्यक्रममा कृषिव्यवसाय, पर्यटन, सीमापार व्यापार तथा निर्यातमुखी उद्योगजस्ता क्षेत्रका विषयमा व्यापक छलफल भइरहेको छ।
यस अभियान मार्फत संकलित सुझावहरूलाई एकीकृत गरी विस्तृत प्रतिवेदन तयार पारेर सरकारलाई बुझाइनेछ। कार्यक्रमको अन्त्यमा वैशाख ४ देखि ६ गतेसम्म काठमाडौँमा विशेष सत्रहरू आयोजना गरिनेछ, जहाँ वित्तीय क्षेत्र, लगानी वातावरण र पूर्वाधार विकासका विषयमा गहन छलफल गरिनेछ।
सार्वजनिक सहभागिता बढाउने उद्देश्यले कार्यक्रमको प्रत्यक्ष प्रसारण सामाजिक सञ्जाल मार्फत गर्ने व्यवस्था समेत गरिएको आइक्यानले जनाएको छ।




.gif)





