काठमाडौँ । खनिजजन्य उद्योगबाट सरकारले दुई अर्ब १४ करोड रुपैयाँ राजस्व असुल गरेको छ। यो रकम गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको पहिलो आठ महिनामा संकलन भएको हो।
खानी तथा भूगर्भ विभागका अनुसार चुनढुङ्गा, रातोमाटो, धातु तथा पत्थरलगायत खनिजजन्य वस्तुको उत्खनन अनुमति र अनुमतिपत्र नवीकरणबाट उक्त राजस्व संकलन गरिएको हो।
विभागले गत आर्थिक वर्षमा चुनढुङ्गा, टुर्मालिन, टल्क, क्वार्ज, काइनाइट, मार्बल, फलाम, जिङ्क, क्वार्जजाइट, म्याग्नेसाइट, डोलोमाइट र तामा उत्खननका लागि अनुमति दिएको जनाएको छ।
खनिज क्षेत्रबाट भइरहेको राजस्व संकलनले देशको आर्थिक गतिविधिमा सकारात्मक योगदान पुर्याइरहेको विभागको भनाइ छ।




.gif)





