images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • अमेरिकामा सोधपुछ पछि चिनियाँ अनुसन्धानकर्ताको मृत्यु,...

अमेरिकामा सोधपुछ पछि चिनियाँ अनुसन्धानकर्ताको मृत्यु, बेइजिङमा आक्रोश

अमेरिकामा सोधपुछ पछि चिनियाँ अनुसन्धानकर्ताको मृत्यु, बेइजिङमा आक्रोश

images
images
बिहिवार, चैत्र २६ २०८२
बिहिवार, चैत्र २६ २०८२
  • बेइजिङ । अमेरिकामा एक चिनियाँ सेमिकन्डक्टर अनुसन्धानकर्ताको मृत्यु भएपछि चीनले गम्भीर चिन्ता व्यक्त गर्दै घटनाको पूर्ण छानबिन गर्न अमेरिकासँग माग गरेको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार मृतक अनुसन्धानकर्ता दानहाओ वाङ हुन् । उनी मिसिगन विश्वविद्यालयसँग आबद्ध थिए । रिपोर्टअनुसार, सङ्घीय अनुसन्धानकर्तासँग कडा सोधपुछपछि उनको मृत्यु भएको हो । विश्वविद्यालयले भने १९ मार्चमा क्याम्पस भवनबाट खसेर एक अनुसन्धानकर्ताको मृत्यु भएको पुष्टि गर्दै आत्महत्याको सम्भावित घटनाका रूपमा अनुसन्धान भइरहेको जनाएको छ ।

    images
    images

    अमेरिकास्थित चिनियाँ दूतावासका प्रवक्ता लिउ पेन्ग्यूले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै चिनियाँ सरकारले सम्बन्धित अमेरिकी निकाय र विश्वविद्यालयसँग पटक–पटक औपचारिक ध्यानाकर्षण गराएको बताएका छन् । साथै, पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराइरहेको पनि जनाइएको छ । चिनियाँ पक्षले अमेरिकामा रहेका आफ्ना विद्यार्थीहरूलाई सतर्क रहन र कानुन कार्यान्वयन निकायसँग व्यवहार गर्दा सावधानी अपनाउन समेत आग्रह गरेको छ । यद्यपि, गोपनीयता र पारिवारिक सम्मानका कारण विश्वविद्यालय र चिनियाँ विदेश मन्त्रालयले आधिकारिक रूपमा मृतकको पहिचान पुष्टि गरेका छैनन् ।

    विश्वविद्यालयको वेबसाइट अनुसार, वाङ विद्युत् तथा कम्प्युटर इन्जिनियरिङका सहायक अनुसन्धान वैज्ञानिक थिए र उनको अनुसन्धान क्षेत्र सेमिकन्डक्टर प्रविधिसँग सम्बन्धित थियो । चिनियाँ विदेश मन्त्रालयले यस घटनाबारे पहिलो पटक २७ मार्चमा प्रतिक्रिया दिँदै अमेरिकी कानुन कार्यान्वयन निकायको शत्रुतापूर्ण सोधपुछ पछि एक चिनियाँ विद्वानले आत्महत्या गरेको जनाएको थियो । यस्तो व्यवहारले चिनियाँ नागरिकको वैधानिक अधिकार उल्लङ्घन गर्ने र दुई देशबिचको जनस्तरको सम्बन्धमा नकारात्मक प्रभाव पार्ने पनि मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले पनि अमेरिकासँग पूर्ण छानबिन र स्पष्ट जवाफ दिन माग दोहोर्‍याएकी छिन् । वाङको मृत्युले अमेरिका–चीनबिच बढ्दो तनावबिच अमेरिकामा अध्ययन तथा अनुसन्धान गरिरहेका चिनियाँ विद्वानहरूको अवस्थाबारे फेरि बहस सुरु गराएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend