images

२०८३ आश्विन १७ गते

images
images
images

आजदेखि बीपी राजमार्ग रातको समयमा बन्द हुने

आजदेखि बीपी राजमार्ग रातको समयमा बन्द हुने

images
images
बुधवार, आश्विन ३० २०८१
बुधवार, आश्विन ३० २०८१
  • काठमाण्डौ – बीपी राजमार्गको धुलिखेल–भकुण्डेवेसी–वर्षेखोला सडक खण्ड थप मर्मतका लागि आज देखि रातको समयमा बन्द हुने भएको छ । यो सडक खण्ड बेलुका ६ बजेदेखि बिहान ४ बजे सम्म १० घण्टा बन्द हुने भएको हो ।

    images
    images

    यो खण्ड गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षा पछिको बाढी र पहिरोले क्षति गरेको छ । डिभिजन सडक कार्यालय भक्तपुरले सूचना निकालेर बेलुका ६ बजेदेखि बिहान ४ बजे सम्म सडक बन्द हुने जानकारी दिएको छ ।

    काभ्रे जिल्ला भित्र पर्ने १ नम्बरपुल–चौकीडाँडा–वर्षेखोला खण्डको झन्डै ८ किलोमिटर सडक ट्र्याकको मर्मत तथा सुधार गर्न सडक खण्ड बन्दगर्न लागिएको डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो ।

    images
    images

    बाढी पहिरोले बन्द भएको यो राजमार्ग गएको शुक्रवार देखि अस्थायी रूपमा सञ्चालनमा आएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend