images

२०८३ आश्विन १७ गते

images
images
images

आठ महिनामा इनरुवा मालपोतको ५१ करोड राजस्व

आठ महिनामा इनरुवा मालपोतको ५१ करोड राजस्व

images
images
बिहिवार, चैत्र २६ २०८२
बिहिवार, चैत्र २६ २०८२
  • इनरुवा, चैत २६ गते । भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीले चालु आर्थिक वर्ष २०८२/०८३ को आठ महिनामा ५१ करोड ७४ लाख ८१ हजार ७४४ रुपियाँ ३२ पैसा राजस्व सङ्कलन गरेको छ।गत आर्थिक वर्षमा कार्यालयले कुल ४७ करोड ५२ लाख ८९ हजार ८६ रुपियाँ ९७ पैसा राजस्व सङ्कलन गरेको थियो। यस वर्ष भने आठ महिनामै अघिल्लो वर्षको कुल राजस्वभन्दा करिब तीन करोड रुपियाँ बढी राजस्व उठेको हो।मालपोत कार्यालय इनरुवाले विगत केही वर्षदेखि जिल्लाको सदरमुकाम इनरुवा सहित रामधुनी, इटहरी र दुहवी क्षेत्रमा घरजग्गा कारोबार बढेकाले राजस्वमा वृद्धि भएको जनाएको छ।

    images
    images

    सूचना अधिकारी तथा मालपोत अधिकृत सन्तोष दर्जीका अनुसार चालु आर्थिक वर्षमा ५१ करोडभन्दा बढी राजस्व सङ्कलन भए पनि वार्षिक लक्ष्यको १८.६२ प्रतिशत मात्र प्राप्त भएको छ।उहाँले शहरी क्षेत्रमा प्लटिङ र उद्योग स्थापनाका लागि जग्गा कारोबार बढी हुने भएकाले राजस्व सङ्कलनमा वृद्धि भएको बताउनुभयो। कार्यालयले सबैभन्दा बढी मङ्सिरमा नौ करोड ५६ लाख १४ हजार ७५६ रुपियाँ राजस्व सङ्कलन गरेको छ भने सबैभन्दा कम असोजमा चार करोड १९ लाख ६३ हजार ६९ रुपियाँ उठेको छ।साउन, भदौ, कात्तिक, पुस, माघ र फागुन महिनामा मासिक पाँच करोडदेखि आठ करोड रुपियाँसम्म राजस्व उठेको दर्जीले जानकारी दिनुभयो। घरजग्गा रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर, जग्गा रोक्का, सेवा शुल्क तथा अन्य विविध शीर्षकबाट राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend