images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • नाइजेरियाको उत्तरपश्चिमी गाउँहरूमा सशस्त्र आक्रमण, २०...

नाइजेरियाको उत्तरपश्चिमी गाउँहरूमा सशस्त्र आक्रमण, २० जनाको हत्या

नाइजेरियाको उत्तरपश्चिमी गाउँहरूमा सशस्त्र आक्रमण, २० जनाको हत्या

images
images
बुधवार, चैत्र २५ २०८२
बुधवार, चैत्र २५ २०८२
  • नाइजर । नाइजेरियाको उत्तर पश्चिमी क्षेत्रमा सशस्त्र समूहले आक्रमण गर्दा कम्तीमा २० जनाको हत्या भएको छ भने अन्य केहीलाई अपहरण गरिएको छ । प्रहरी र स्थानीय बासिन्दाका अनुसार मङ्गलवार राति नाइजर राज्यअन्तर्गत पर्ने शिरोरो जिल्लाका गाउँहरूमा यो आक्रमण भएको हो ।प्रहरी प्रवक्ता वासिउ अबियोडुनका अनुसार बन्दुकधारीहरूले बाग्ना र एरेना गाउँमा आक्रमण गरेका थिए । सुरक्षाकर्मीहरू पुगेपछि भएको झडपमा दुई जना सामुदायिक सुरक्षा गार्ड र एक चालकको ज्यान गएको तथा अन्य घाइते भएको बताइएको छ । तर स्थानीय बासिन्दाहरूले कम्तीमा २० जनाको मृत्यु भएको दाबी गरेका छन् ।

    images
    images

    उनीहरूका अनुसार आक्रमणकारीहरूले धेरै घण्टासम्म गाउँमा आतङ्क मच्चाउँदै घरहरू ध्वस्त पारेका थिए र सुरक्षाकर्मीलाई समेत पराजित गरेका थिए । आक्रमणपछि केही गाउँलेहरू नजिकका ग्वादा जुम्बा र गलादिमा कोगो क्षेत्रमा भागेर शरण लिन बाध्य भएका छन् ।नाइजेरियाको उत्तरी क्षेत्रमा अपहरण समूह र इस्लामिक उग्रवादी गतिविधि लामो समयदेखि समस्या बनेको छ । राष्ट्रपति बोला टिनुबुले हिंसा नियन्त्रण गर्न देशका ३६ राज्यलाई आफ्नै प्रहरी बल गठन गर्न दिने प्रस्ताव अघि बढाइरहेका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend