images

२०८३ आश्विन १८ गते

images
images
images

लेबनानमा मर्नेको सङ्ख्या १५०० नाघ्यो

लेबनानमा मर्नेको सङ्ख्या १५०० नाघ्यो

images
images
बुधवार, चैत्र २५ २०८२
बुधवार, चैत्र २५ २०८२
  • बेरुत । लेबनानमा इजरायल र इरान समर्थित सशस्त्र समूह हेजबुल्लाहबिच एक महिनाभन्दा बढी समयदेखि जारी द्वन्द्वका क्रममा मृत्यु हुनेको सङ्ख्या १ हजार ५३० पुगेको छ । यो तथ्याङ्क देशको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै एएफपीले मंगलबार सार्वजनिक गरेको हो । प्राप्त विवरणअनुसार ज्यान गुमाउनेमध्ये १०२ जना महिला र १३० जना बालबालिका रहेका छन् । यसैगरी, द्वन्द्वमा ४ हजार ८१२ जना घाइते भएका छन् । 

    images
    images

    यसैबिच हालै घोषणा गरिएको युद्धविरामबारे इजरायलले ‘दुई हप्ते युद्धविराम लेबनानमा लागू हुँदैन’ भन्ने स्पष्ट पारेको बताएको छ । तर पाकिस्तान र इरानले भने उक्त युद्धविराममा लेबनानलाई पनि समेट्ने बताएका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend