images

२०८३ आश्विन १७ गते

images
images
images

तेस्रो नेसनल हर्टिकल्चर एक्स्पोमा १ करोड ६० लाखको कारोबार

तेस्रो नेसनल हर्टिकल्चर एक्स्पोमा १ करोड ६० लाखको कारोबार

images
images
मंगलवार, चैत्र २४ २०८२
मंगलवार, चैत्र २४ २०८२
  • काठमाडौं । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा काठमाडौं भृकुटीमण्डपमा ५ दिनसम्म चलेको ‘तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो २०८२’ साढे १ करोड बढीको कारोबार गर्दै सकिएको छ।सोमबार सकिएको यस मेलामा ५२ हजार दर्शकले अवलोकन गरेका छन् भने कुल १ करोड ६० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ ।संघका वरिष्ठ उपाध्यक्ष रविनकुमार गौतमका अनुसार मेलामा अवलोकनकर्ता र क्रेताहरूको उत्साहजनक सहभागिता रह्यो । मेलाको पहिलो दिन ८ हजार, दोस्रो दिन १२ हजार, तेस्रो दिन (शनिबार) सर्वाधिक १५ हजार, चौथो दिन ८ हजार र अन्तिम दिन ९ हजार जनाले अवलोकन गरेका थिए ।

    images
    images

    त्यसैगरी, व्यापारतर्फ पहिलो दिन २५ लाख, दोस्रो दिन ४० लाख, शनिबार ६० लाख, चौथो दिन १५ लाख र पाँचौं दिन २० लाख रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ । एक्स्पोमा देशभरिबाट ल्याइएका पुष्प, फलफूल, कृषि वन तथा जडीबुटीका ७ सयभन्दा बढी प्रजातिका बिरुवा एकै थलोमा प्रदर्शनी तथा बिक्रीका लागि राखिएका थिए ।मौसमले दिएको साथ र फूलप्रेमीहरूको बढ्दो रुचीका कारण मेलामा अपेक्षाभन्दा राम्रो उपस्थिति रहेको संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले बताए ।मेलामा जम्मा ७० वटा स्टल राखिएका थिए । जसमा ६२ वटा व्यावसायिक, २ वटा फुड स्टल, ३ वटा अफिसियल र ३ वटा प्रतिस्पर्धात्मक स्टल रहेका थिए । बिरुवाका अलावा मेलामा मलखाद, जैविक तथा रासायनिक विषादी, बीउबिजन, कृषि औजार र प्रविधिका स्टलहरूसमेत राखिएको थियो ।कृषि विभाग, वनस्पति विभाग, पुष्प विकास केन्द्र गोदावरी, बागमती प्रदेशको कृषि मन्त्रालय र राष्ट्रिय फलफूल विकास केन्द्र कीर्तिपुरको सह–आयोजनामा यो एक्स्पो सञ्चालन भएको हो । मेलाको समापन समारोह राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का महामन्त्री कविन्द्र बुर्लाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend