images

२०८३ आश्विन १८ गते

images
images
images

कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन

कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन

images
images
सोमवार, चैत्र २३ २०८२
सोमवार, चैत्र २३ २०८२
  • जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालनमा आएको छ ।बुढीनन्दा –२ मा रहेको कोल्टी बजारमा किसानले उत्पादन गरेको तरकारी र फलफूल बिक्रीका लाग राख्न र बेमौसममा पनि बिक्रीवितरण गर्नेगरी शीतभण्डारसहितको कृषि उपज केन्द्र सञ्चालनमा आएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्तोषकुमार साहले जानकारी दिनुभयो । उहाँले किसानले उत्पादन गरेका साग, आलु, काउलीलगायत तरकारीखेतीको बिक्री गर्न प्रत्येक होटल तथा पसलमा धाउनुपर्ने अवस्थालाई मध्यनजर गर्दै उनीहरूको सहजताका लागि उक्त सङ्कलन केन्द्र निर्माण गरी सञ्चालनमा ल्याएको बताउनुभयो ।

    images
    images

    यसका लागि नगरपालिका र जिआइजेडको आर्थिक साझेदारीमा निर्माण गरिएको नगर प्रमुख जनककुमार बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिका र जिआजेडको ६८ लाख ९१ हजार ८८० रुपैयाँ ५४ पैसाको संयुक्त लगानी उक्त उपज केन्द्र निर्माण गरिएको हो ।कृषि उपज केन्द्र तथा शीतभण्डार गृहमा किसानले उत्पादन गरेका आलु, स्याउ, सुन्तलालगायत भण्डारण गरिने नगरप्रमुख बोहराले बताउनुभयो ।शीतभण्डार गृहमा भण्डराण गरिएका तरकारी तथा फलफूललाई अन्य समयमा पनि बिक्री वितरण गर्न पाइने नगरप्रमुख बोहराको भनाइ छ । कृषि उपज केन्द्र तथा शीतभण्डारगृह सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले शुभारम्भ गर्नुभएको हो ।उच्च हिमाली क्षेत्रमा भेडाबाख्रापालनका लागि सरोकारवाला निकायसँग उत्तरी भेगका चार  पालिकामा छलफलका लागि उहाँ कोल्टी पुग्नुभएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend