images

२०८३ आश्विन १७ गते

images
images
images

कालु गुरुङका दुई कम्पनीले गरे ७९ करोड रुपैयाँको व्यापार

कालु गुरुङका दुई कम्पनीले गरे ७९ करोड रुपैयाँको व्यापार

images
images
आइतवार, चैत्र २२ २०८२
आइतवार, चैत्र २२ २०८२
  • काठमाडौं । घरजग्गा व्यवसायी कालु गुरुङका दुई कम्पनीले पौने १ अर्ब रुपैयाँको कारोबार गरेका छन् । गुरुङका रोडशो इन्भेष्टमेन्ट कम्पनी र रोडशो रियल इस्टेट कम्पनीले गत आर्थिक वर्षमा ७९ करोड १० लाख रुपैयाँको कारोबार गरेका हुन् ।गत आवमा रोडशो इन्भेष्टमेन्ट कम्पनीले ४७ करोड ७० लाख रुपैयाँको कारोबार गरेको छ भने अर्को रोडशो रियल इस्टेटले ३१ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ ।यी दुई कम्पनीले घरजग्गा प्लटिङका साथै हाउजिङ र अपार्टमेन्ट निर्माण गरी कारोबार गर्दै आएका छन् । जसमा रोडशो इन्भेष्टमेन्टले सन् २०२४ मा १८ करोड ५० लाख रुपैयाँ र सन् २०२३ मा ६ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २००४ मा स्थापना भएको कम्पनीले रियल इस्टेटको कारोबार गर्दै आएको छ ।

    images
    images

    गुरुङको शतप्रतिशत स्वामित्व रहेको कम्पनीले घरजग्गा प्लटिङ र बिक्री वितरण गर्दै आएको छ । कम्पनीले पोखरामा दुईवटा अपार्टमेन्ट निर्माण गरेको छ ।गत आवमा कम्पनीको कारोबार बढेको जनाइएको छ । साथै, कम्पनीको कर्जा पनि बढेको छ । सन् २०२४ मा ८२ करोड ७० लाख रुपैयाँ कर्जा रहेकोमा सन् २०२५ को जुलाईसम्ममा ९१ करोड रुपैयाँ पुगेको कम्पनीले उल्लेख गरेको छ । कम्पनीले हालै मात्र दुईवटा अपार्टमेन्टको निर्माण कार्य सम्पन्न गरेको छ ।कम्पनीले अन्नपूर्ण अपार्टमेन्ट–मासबारमा ४० युनिट र अन्नपूर्ण–लेकसाइड सेदीमा ६० युनिटका अपार्टमेन्टको निर्माण कार्य सम्पन्न गरेको हो । कम्पनीले उक्त दुईवटा अपार्टमेन्ट १ लाख ३२ हजार ३ सय ५५ स्क्वायर फिटमा निर्माण गरेको छ, जसमा कम्पनीले २० करोड ८० लाख रुपैयाँको जग्गा अधिग्रहण गरेको उल्लेख छ ।कम्पनीले दुईवटा अपार्टमेन्ट १ अर्ब ५४ करोड ५० लाख रुपैयाँमा निर्माण गरेको जनाएको छ । कम्पनीले अपार्टमेन्ट निर्माणका लागि ग्राहकबाट आएको अग्रिम भुक्तानी रकम ८९ करोड ७० लाख रुपैयाँ र बैंकबाट ६४ करोड ८० लाख रुपैयाँ कर्जा लिई लगानी गरेको जनाएको छ ।

    कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब २७ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ५५ करोड ५६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७१ करोड ९३ लाख रुपैयाँको रेटिङ गराएको हो ।त्यसैगरी, सन् १९९७ मा स्थापना भएको रोडशो रियल इस्टेट कम्पनीले सन् २०२४ मा ३४ करोड २० लाख रुपैयाँ र सन् २०२३ मा १३ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । पोखरामा दर्ता भएको उक्त कम्पनीमा गुरुङको ६७ प्रतिशत स्वामित्व छ । कम्पनीले हाउजिङ, अपार्टमेन्ट र जग्गा प्लटिङ गरी बिक्री वितरण गर्दै आएको छ ।कम्पनीसँग हाल ३ करोड ९७ लाख रुपैयाँ बुक भ्यालु भएको जमिन उपलब्ध छ र बिक्रीका लागि तयार रहेका तीनवटा अपार्टमेन्ट परियोजनाहरू छन् । उक्त तीनवटा अपार्टमेन्टको कुल लागत १ अर्ब ३३ करोड २० लाख रुपैयाँ रहेको छ । कम्पनीले सन् २०२५ को जुलाईसम्ममा अपार्टमेन्ट बुकिङको अग्रिम भुक्तानीबापत १ अर्ब ५ करोड २० लाख रुपैयाँ प्राप्त गरिसकेको छ । कम्पनीले सोहीअनुसार आगामी वर्षहरूमा आफ्नो आम्दानीको आधार सुधार हुने अपेक्षा गरेको छ ।

    images
    images

    कम्पनीले विशेष गरी काठमाडौं र पोखरामा अपार्टमेन्ट र हाउजिङ निर्माण गर्दै आएको छ । कम्पनीले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि १ अर्ब १४ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ११ करोड ३६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ करोड ९७ लाख रुपैयाँको रेटिङ गराएको हो ।रेटिङ एजेन्सी इक्राका अनुसार रोडशो रियलस्टेटको नाफा मार्जिन ११.५५ प्रतिशत छ भने रोडशो इन्भेस्टमेन्टको १९.५३ प्रतिशत छ । दुबै कम्पनीको सञ्चालन नाफा बढेको हो । गत आव रोडशो रियलस्टेटको नाफा मार्जिन ७.०५ प्रतिशत थियो भने रोडशो इन्भेस्टमेन्टको ७.९४ प्रतिशत थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend