images

२०८३ आश्विन १८ गते

images
images
images
  • कृषि
  • रासायनिक मलको मूल्य वृद्धि हुनसक्छ :...

रासायनिक मलको मूल्य वृद्धि हुनसक्छ : परराष्ट्र मन्त्रालय

रासायनिक मलको मूल्य वृद्धि हुनसक्छ : परराष्ट्र मन्त्रालय

images
images
शुक्रवार, चैत्र २० २०८२
शुक्रवार, चैत्र २० २०८२
  • काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण रासायनिक मलको मूल्य वृद्धि हुनसक्ने देखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।  मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा कुन रूपमा मूल्य वृद्धि हुने भनि हालसम्म स्पष्ट नरहेपनि त्यहाँको अवस्था हेर्दा रासायनिक मलको पनि समस्या हुन सक्ने बताइयो । यसबारेमा मन्त्रालयको तर्फबाट बुझ्ने काम भइरहेको पनि प्रवक्ता लोकबहादुर क्षेत्रीले पत्रकार सम्मेलनका क्रममा बताए । उसो त इरान–इजरायल द्वन्द्व हुनुअघि नै मलको मूल्य वृद्धि हुने कुरा भएको थियो ।  अब अवस्था असहज भएकाले मूल्यवृद्धि हुने र अभाव नै हुने हुनसक्ने कतिपयको आशङ्का छ । केही दिनअघि इरानले इजरायलको एउटा रासायनिक प्लान्टमा मिसाइल आक्रमण गरेको थियो ।

    images
    images

    नेपालमा भित्रिने अधिकांश मल भियतनाम, चीनलगायत पश्चिम एसियाली देशबाट आउने गरेको छ । युद्धका कारण आपूर्तिमा समस्या देखिएको छ । त्यसले गर्दा रोपाइको समयमा मलको समस्या हुने सकिने कृषि मन्त्रालयका अधिकारीहरू पनि बताउँछन् । कृषि मन्त्रालय स्रोतका अनुसार हाल अन्तर्राष्ट्रिय बजारमा डिएपी मलको मूल्य प्रति टन करिब ९०० देखि ९८० अमेरिकी डलर रहेको छ भने युरियाको मूल्य ७५० देखि ८५० डलर रहेको छ ।सामान्य अवस्थामा रासायनिक मलको मूल्य प्रतिटन ४५० देखि ६०० डलरसम्म हुने गर्दथ्यो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend