images

२०८३ आश्विन १७ गते

images
images
images
  • अर्थतन्त्र
  • राजश्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्न...

राजश्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्न उच्चस्तरीय छलफल गर्दै अर्थ मन्त्रालय

राजश्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्न उच्चस्तरीय छलफल गर्दै अर्थ मन्त्रालय

images
images
बिहिवार, चैत्र १९ २०८२
बिहिवार, चैत्र १९ २०८२
  • अर्थ मन्त्रालयले आज राजश्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्न उच्चस्तरीय छलफल गर्दैछ।अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको अध्यक्षतामा बस्ने बैठकमा गृहमन्त्री सुधन गुरुङ, प्रधानमन्त्री कार्यालय, अर्थ, गृह, राजश्व प्रशासनका सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख सहभागी हुने छन्। यस्तै, राजश्व प्रशासनसँग सम्बन्धित अर्थ मन्त्रालयका महाशाखा तथा विभागका प्रमुखहरू पनि बैठकमा सहभागी हुने मन्त्री वाग्लेको सचिवालयले जनाएको छ।  

    images
    images

    राजश्व छली र चोरी पैठारी नियन्त्रण तथा कानुन कार्यन्वयनका विषयमा अर्थमन्त्री डा. वाग्लेले बैठकमा महत्वपूर्ण निर्देशन दिने छन्। बिहान ११ बजे सुरु हुने बैठक एक घण्टाका लागि तय भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए।  बैठकपछि बैठकका छलफल र निर्णयबारे सञ्चार माध्यमलाई प्रवक्ता पाण्डेयले भिडियो, फोन वा विज्ञप्तिमार्फत जानकारी गराउने बताइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend