images

२०८३ आश्विन १७ गते

images
images
images

ताप्लेजुङबाट साढे १२ करोड राजस्व संकलन

ताप्लेजुङबाट साढे १२ करोड राजस्व संकलन

images
images
मंगलवार, चैत्र १७ २०८२
मंगलवार, चैत्र १७ २०८२
  • चालू आर्थिक वर्ष २०८२/८३ को मध्य चैतसम्ममा ताप्लेजुङबाट झण्डै साढे १२ करोड राजस्व असुली भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका सूचना अधिकारी नवीन खनालका अनुसार संघतर्फ ११ करोड १८ लाख ८५ हजार ५८६ रुपैयाँ तथा प्रदेशतर्फ १ करोड २० लाख ५४ हजार ६९१ रुपैयाँ राजस्व असुली भएको छ।संघतर्फ २१ वटा कार्यालय रहेकोमा सबैभन्दा बढी कोलेनिकाबाट ८ करोड ९६ लाख ७८ हजार २४४ रुपैयाँ राजस्व जम्मा भएको छ। मध्य चैतसम्ममा जिल्ला सरकारी वकिल कार्यालय, कारागार कार्यालय, सीमा प्रशासन कार्यालय र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयबाट कुनै पनि राजस्व रकम दाखिला नभएको कोलेनिकाले जनाएको छ। ओलाङचुङगोला भन्सार कार्यालयबाट १ रुपैयाँ राजस्व असुली भएको कोलेनिकाको अभिलेखमा देखिन्छ।

    images
    images

    संघका कार्यालयतर्फ जिल्ला प्रशासन कार्यालयबाट ९३ लाख ३६ हजार ७००, नापी कार्यालयबाट ३८ लाख ७१ हजार १०३, शिक्षा विकास तथा समन्वय एकाइबाट ३७ लाख ३७ हजार ६००, ताप्लेजुङ जिल्ला अदालतबाट १७ लाख ४८ हजार ६८२ र कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयबाट १६ लाख ४२ हजार ४७८ रुपैयाँ राजस्व जम्मा भएको छ।प्रदेशतर्फका १२ कार्यालयमध्ये जिल्ला अस्पताल र जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयबाट चालू आवको मध्य चैतसम्ममा कुनै पनि राजस्व जम्मा नभएको कोलेनिकाको अभिलेखमा देखिएको छ। प्रदेश कार्यालयतर्फ सबैभन्दा बढी डिभिजन वन कार्यालयबाट १ करोड २ लाख ४३ हजार ८१६ रुपैयाँ राजस्व जम्मा भएको छ।प्रदेशतर्फका कार्यालयहरूमध्ये घरेलु तथा साना उद्योग कार्यालयले १३ लाख ३० हजार ८७५ रुपैयाँ र पूर्वाधार विकास कार्यालयले ४ लाख ३० हजार रुपैयाँ राजस्व रकम जम्मा गरेका छन्। अन्य कार्यालयले कम्तिमा १ हजारदेखि बढीमा ४७ हजार रुपैयाँसम्म राजस्व असुली गरेको कोलेनिकाले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend