images

२०८३ आश्विन १७ गते

images
images
images

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

images
images
आइतवार, चैत्र १५ २०८२
आइतवार, चैत्र १५ २०८२
  • वीरगञ्ज (पर्सा)  ।  वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रू ६६ अर्ब ४८ करोड मूल्य बराबरका सामान निर्यात भएको छ ।गत आवको सोही अवधिका तुलनामा चालु आवको सोही अवधिमा भने यो नाकाबाट रु नौ अर्ब ९४ करोड बढीको निर्यात भएको छ । गत आवको सात महिनामा भने रू ५६ अर्ब ५४ करोड मूल्य बराबरका वस्तु तथा समान विदेशी मुलुक निर्यात भएको थियो ।वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा यो नाका हुँदै हुने निर्यातमा सुधारोन्मुख रहेको बताए । चालु आवको सात महिनामा रु ३५ अर्ब ५८ करोड मूल्य पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको छ ।

    images
    images

    रू चार अर्ब ९७ करोड मूल्य पर्ने फलफूलको जस निर्यात भएको छ । रू चार अर्ब ५८ करोड मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । रू तीन अर्ब ७७ करोड मूल्य पर्ने प्रशोधित पाम तेल निर्यात भएको छ भने रू दुई अर्ब ३३ करोड मूल्य पर्ने विभिन्न किसिमका कपडा निर्यात भएको छ । रू एक अर्ब ५८ करोड मूल्य पर्ने सिन्थेटिक थार्न निर्यात भएको छ ।चालु आवको सात महिनामा रू पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्यका वस्तु तथा सामान भित्रिएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा रू ५८ अर्ब ९१ करोड अर्थात् ११ प्रतिशत बढी सामान भित्रिएको छ ।गत आवको सात महिनामा भने रू पाँच अर्ब ३६ करोड ५५ करोड मूल्यपर्ने वस्तु तथा सामान यो नाका हुँदै भित्रिएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend