images

२०८३ आश्विन १९ गते

images
images
images

राष्ट्र बैंकले २१ दिनका लागि ४० अर्ब तरलता बजारबाट झिक्दै

राष्ट्र बैंकले २१ दिनका लागि ४० अर्ब तरलता बजारबाट झिक्दै

images
images
आइतवार, चैत्र १५ २०८२
आइतवार, चैत्र १५ २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंक ले आज निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ बजारबाट झिक्ने भएको छ। बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) अत्यधिक भएपछि केन्द्रीय बैंकले उक्त कदम चालेको हो।

    images
    images

    राष्ट्र बैंकका अनुसार २१ दिन अवधिका लागि उक्त रकम झिक्न लागिएको हो। पछिल्ला तीन वर्षदेखि केन्द्रीय बैंकले सातामा दुई पटक–आइतबार र बुधबार–नियमित रूपमा बजारबाट तरलता व्यवस्थापन गर्दै आएको छ, सोही तालिकाअनुसार आज पनि रकम झिक्न लागिएको हो।

    निक्षेप संकलन उपकरणमा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन मार्फत बोलकबोल पेश गर्न सक्नेछन्। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ।

    images
    images

    राष्ट्र बैंकले जनाएको अनुसार निक्षेप संकलनमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम रकम ५ करोड रुपैयाँका गुणकमा बोलकबोल गर्नुपर्नेछ। साथै, बोलकबोल ब्याजदरका आधारमा गरिनेछ र बहुब्याजदरमा बहु–बोलकबोल पनि गर्न सकिनेछ।

    यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिने व्यवस्था रहेको राष्ट्र बैंकले स्पष्ट पारेको छ।

    केन्द्रीय बैंकको यो कदमले बजारमा बढ्दो तरलता व्यवस्थापन गर्दै वित्तीय स्थायित्व कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend