images

२०८३ आश्विन १९ गते

images
images
images

कुमारी बैंकले ल्यायो मास्टर कार्ड सेवा सञ्चालनमा

कुमारी बैंकले ल्यायो मास्टर कार्ड सेवा सञ्चालनमा

images
images
शुक्रवार, चैत्र १३ २०८२
शुक्रवार, चैत्र १३ २०८२
  • काठमाडौं : कुमारी बैंकले मास्टर कार्ड सेवा सार्वजनिक गर्दै बैंकको डिजिटल सेवामा विस्तार गरेको घोषणा गरेको छ। बैंकले ग्राहकका लागि बिहीबारबाट डेबिट मास्टर कार्ड जारी गर्न सुरु गरेको जानकारी गराएको छ।बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले बैंकले सुरु गरेको मास्टर कार्ड जस्ता विश्वव्यापी भुक्तानी समाधानले बैंकको सेवा क्षमतामा थप वृद्धि गर्ने बताएका छन्।

    images
    images

    यसैगरी कार्यक्रममा बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत अनिश ताम्राकारले मास्टर कार्डको महत्व, यसको प्रयोगका सम्भावनाहरू तथा ग्राहकलाई पुग्ने प्रत्यक्ष फाइदाबारे जानकारी दिए। बैंकले जारी गरेको डेबिट मास्टर कार्ड नेपाल, भारत र भुटानका सबै एटीएम र पीओएसमा प्रयोग गर्न सकिने छ। मास्टर कार्डको क्रेडिट कार्ड सेवा पनि चाँडै सुरु हुने बैंकले जनाएको छ। बैंंकका २ सय ९७ शाखा, ३ सय १५ एटीएम, ४६ एक्सटेन्सन काउन्टर र ४८ शाखारहित बैंकिङ एकाइहरू छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend