images

२०८३ आश्विन १७ गते

images
images
images

वैदेशिक शिक्षाको नाममा बाहिरियो ६४ अर्ब बढि रकम — अर्बौ रुपैयाँ शैक्षिक घाटा

वैदेशिक शिक्षाको नाममा बाहिरियो ६४ अर्ब बढि रकम — अर्बौ रुपैयाँ शैक्षिक घाटा

images
images
बुधवार, चैत्र ११ २०८२
बुधवार, चैत्र ११ २०८२
  • नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पछिल्लो ७ महिनामा नेपालबाट वैदेशिक शिक्षाको नाममा ६४ अर्ब १५ करोड रुपैयाँ बाहिरिएको छ ।तथ्यांकअनुसार सेवा खाताअन्तर्गत भ्रमण व्यय १०.६ प्रतिशतले वृद्धि भई १ खर्ब १५ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। यसमध्ये शिक्षातर्फको व्यय ६४ अर्ब १५ करोड रुपैयाँ रहेको हो। बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १ खर्ब ४ अर्ब ७५ करोड रहेकामा शिक्षातर्फको व्यय ६६ अर्ब ६४ करोड रुपैयाँ थियो। सो अवधिमा खुद सेवा आय ५० अर्ब २२ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३६ अर्ब ३८ करोड रुपैयाँले घाटामा थियो। सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय सात दशमलव सात प्रतिशतले वृद्धि भई ४९ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४५ अर्ब ६८ करोड रुपैयाँ थियो। 

    images
    images

    नेपाली विद्यार्थीहरू उच्च शिक्षा अध्ययनका लागि विदेश जानु सामान्यजस्तै बन्न थालेको छ । नेपालमा दर्जनको हाराहारीमा विश्वविद्यालय छन्, हजारौं क्याम्पस छन् । सिप आर्जनका लागि इन्स्टिच्युटहरु छन् । प्राविधिक शिक्षालयको पनि समस्या छैन तर, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा विद्यार्थी भिसा च्यापेर देश छाड्न तयार भएका युवाहरुको भिड नै लागेको देखिन्छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend