images

२०८३ आश्विन १९ गते

images
images
images

एनएमबि बैंकले ग्लोबल मनी वीक २०२६ देशभर विभिन्न वित्तीय साक्षरता कार्यक्रम

एनएमबि बैंकले ग्लोबल मनी वीक २०२६ देशभर विभिन्न वित्तीय साक्षरता कार्यक्रम

images
images
बुधवार, चैत्र ११ २०८२
बुधवार, चैत्र ११ २०८२
  • काठमाडौँ । एनएमबि बैंकले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ।

    images
    images

    युवा पुस्तामा वित्तीय ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले आफ्ना शाखामार्फत विद्यालय, कलेज तथा समुदायस्तरमा कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

    कार्यक्रमका क्रममा सहभागीहरूलाई बचतको महत्व, जिम्मेवार वित्तीय व्यवहार, डिजिटल बैंकिङको सुरक्षित प्रयोग तथा दीर्घकालीन वित्तीय योजना सम्बन्धी जानकारी प्रदान गरिएको थियो। बैंकका अनुसार यस्ता कार्यक्रममार्फत ४ हजारभन्दा बढी सहभागी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

    images
    images

    ग्लोबल मनी वीकको अवसरमा बैंकले देशका विभिन्न स्थानमा प्रभातफेरी तथा जनचेतनामूलक र्‍यालीहरू समेत आयोजना गरेको छ। साथै सामाजिक सञ्जालमार्फत वित्तीय साक्षरता सम्बन्धी जानकारीमूलक सामग्रीहरू पनि साझा गरिएको बैंकले जनाएको छ।

    हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend