images

२०८३ आश्विन १८ गते

images
images
images
  • स्वास्थ्य
  • नेपालमा तेस्रो सार्कस्तरीय क्षयरोग तथा एचआईभी...

नेपालमा तेस्रो सार्कस्तरीय क्षयरोग तथा एचआईभी एड्स सम्मेलन हुने

नेपालमा तेस्रो सार्कस्तरीय क्षयरोग तथा एचआईभी एड्स सम्मेलन हुने

images
images
मंगलवार, चैत्र १० २०८२
मंगलवार, चैत्र १० २०८२
  • काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य राष्ट्रहरूका विज्ञहरू सहभागी हुने गरी नेपालमा तेस्रो पटक क्षयरोग तथा एचआईभी एड्ससम्बन्धी सम्मेलन आयोजना हुने भएको छ। सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्रले यस वर्ष नेपालमा यो महत्त्वपूर्ण सम्मेलन गर्ने तयारी थालेको हो। विश्व क्षयरोग दिवसको अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा केन्द्रका निर्देशक डा. अनुज भट्टचनले सम्मेलनबारे औपचारिक जानकारी दिएका हुन्।क्षयरोग र एचआईभी एड्स नियन्त्रणका क्षेत्रमा दक्षिण एसियाली मुलुकहरूले भोग्दै आएका साझा चुनौतीहरूलाई सम्बोधन गर्ने उद्देश्यले यो सम्मेलन आयोजना गर्न लागिएको हो। 

    images
    images

    यसअघि नेपालमै पहिलो र दोस्रो संस्करणका सम्मेलनहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन्। यस वर्षको सम्मेलनमा विभिन्न सदस्य राष्ट्रहरूका अनुभव साटासाट गर्ने, नयाँ प्रविधिको प्रयोगबारे छलफल गर्ने र साझा समस्याहरू मिलेर समाधान गर्ने कार्ययोजना तय गरिनेछ।निर्देशक डा. भट्टचनका अनुसार यो सम्मेलनले यस क्षेत्रमा काम गरिरहेका विज्ञ, स्वास्थ्यकर्मी र सरोकारवालाहरूलाई एउटै मञ्चमा गोलबन्द गर्नेछ। उनले स्वास्थ्य मन्त्रालयका सचिव तथा राष्ट्रिय क्षयरोग केन्द्रका पदाधिकारीहरूलाई यसबारे जानकारी गराइसकेको र सम्मेलनलाई सफल बनाउन विज्ञहरूको सक्रिय सहयोग आवश्यक रहेको बताए। विशेष गरी सीमापार सङ्क्रमण र उपचारमा देखिएका जटिलताहरूलाई कसरी कम गर्ने भन्ने विषय सम्मेलनको मुख्य एजेन्डा बन्ने देखिएको छ। केन्द्रले नेपालमा क्षयरोगीहरूको सङ्ख्या बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै यसलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न तीनवटै तहका सरकारको सक्रियता अपरिहार्य रहेको निष्कर्ष निकालेको छ। 

    स्थानीय सरकारहरूले टोल–टोलमा पुगेर बिरामीको पहिचान र उपचारमा जोड दिनुपर्ने डा. भट्टचनको भनाइ छ। सार्कस्तरीय यो सम्मेलनले नेपालको क्षयरोग नियन्त्रण अभियानलाई अन्तर्राष्ट्रिय स्तरको सहयोग र समन्वय प्राप्त गर्न थप मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend