images

२०८३ कार्तिक ५ गते

images
images
images
  • बैंक वित्त
  • सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा...

सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

images
images
अर्थ समाचार
सोमवार, आश्विन २१ २०८१
अर्थ समाचार
सोमवार, आश्विन २१ २०८१
  • काठमाडौं । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला भीम प्रसाद निरौलाको दुर्घटना भई मृत्यु भएकाले निजको हकवालालाई बीमा रकम हस्तान्तरण गरिएको बैंकले जनाएको हो । 

    images
    images

    बैंकका अनुसार सानिमा बैंकको तर्फबाट विर्तामोड शाखाका शाखा प्रबन्धक माधव प्रसाद वाग्ले र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रदेश प्रमुख ठाकुर उप्रेतीले संयुक्त रुपमा बीमा रकमको चेक हस्तान्तरण गरेको छ ।

    दुर्घटनाका कारण मृत्यु भएका भीम प्रसाद निरौलाले सानिमा बैंकको विर्तामोड शाखामा सानिमा प्लाटिनम पेरोल बचत खाता खोलेका थिए । 

    images
    images

    सानिमा बैंकले प्लाटिनम पेरोल बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु. ३ लाखसम्मको १३ घातक रोगहरुको उपचार बीमा, रु. १० हजारसम्मको ओ.पि.डि. भुक्तानी शुल्क सहितको रु. ५० हजारसम्मको औषधी उपचार बीमा र रु. ५० हजारको आवधिक जीवन बीमा सुविधा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

    सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा ए.टि.एम. संचालनमा रहेका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend