images

२०८३ आश्विन १९ गते

images
images
images

अधिक तरलता नियन्त्रण गर्न ५० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

अधिक तरलता नियन्त्रण गर्न ५० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

images
images
आइतवार, चैत्र ८ २०८२
आइतवार, चैत्र ८ २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा देखिएको अधिक तरलता नियन्त्रण गर्न ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने निर्णय गरेको छ ।राष्ट्र बैंकले १४ दिनको अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम बजारबाट खिच्न लागेको हो ।यसका लागि बोलकबोल प्रक्रिया आइतबार (चैत ८) सञ्चालन हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो ३ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोल पेश गर्नुपर्नेछ ।

    images
    images

    बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।बजारमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले यस प्रकारका उपकरणहरू प्रयोग गर्दै आएको छ । यस निक्षेपको साँवा र ब्याज भुक्तानी चैत २२ गते गरिनेछ ।यसको ब्याजदर भने बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ । सहभागी संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँका गुणकमा, निष्कासित रकमबराबर बोलकबोल गर्न सक्नेछन् ।रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकता दिँदै क्रमशः वितरण गरिने राष्ट्र बैंकले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend