काठमाडौं, ७ चैत । एभरेष्ट बैंकले वि.सं. २०८३ सालको नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ। बैंकले आफ्नो कर्पोरेट क्यालेन्डरमार्फत लामो समयदेखि नेपालको धर्म, संस्कृति, पर्यटन र पुरातात्विक महत्वलाई प्रकाशमा ल्याउँदै आएको छ।
यस वर्षको क्यालेन्डरमा “नेपालको विकास यात्राः नवप्रवर्तनका आयामहरू” भन्ने विषयवस्तुलाई मुख्य रूपले समेटिएको छ, जुन उन्नाइसौँ शताब्दीको मध्यदेखि सुरु भएको र महादेशीय दृष्टिले समेत महत्वपूर्ण मानिन्छ। क्यालेन्डर अनावरण समारोहमा बैंकका सञ्चालक समितिका अध्यक्ष डा.बालगोपाल वैद्यले यसलाई सार्वजनिक गर्नुभएको थियो। कार्यक्रममा बैंकका अन्य उच्च पदस्थ अधिकारीहरू पनि उपस्थित थिए।
एभरेष्ट बैंकको हाल करिब १४ लाख ग्राहक रहेका छन्। बैंकको देशभर १३३ शाखा, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय र १६३ एटिएम सञ्चालनमा छन्। यसले अत्याधुनिक मोबाइल, इन्टरनेट र एस्एम्एस बैंकिङ सेवा प्रदान गर्दै आएको छ र नेपाल सरकारका ३३ राजस्व सङ्कलन केन्द्रबाट पनि सेवा दिँदै आएको छ। साथै बैंकले भारतको नयाँ दिल्ली लगायत अन्य मुलुकमा प्रतिनिधि कार्यालय स्थापना गरी सेवा विस्तार गरिरहेको छ।




.gif)





